समाचार

    Showing 11,891-11,900 of 19,804 items.
  • भन्सार छलीको कपडा बरामद

    काठमाण्डौ  । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-८ स्थित सिटी अस्पताल चोकबाट भन्सार छलेर ल्याइएको अवैध कपडासहित ट्रक बरामद गरेको छ ।भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ना ३ ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरी जान लागेको अवस्थामा सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार  थानको कपडा ५६० थान, लेडिज जुत्ता ३४० जोर, नेट कपडा १८९ थान दोसल्ला ४४२ पिस र साडी ६१२ पिस कन्टेनरसहित अन्दाजी ३० लाख ६२ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।बरामद

    • प्रकाशित मितिः पुस २९, २०८०
    • 369 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराईका अधिकांश स्थानहरू हुस्सु-कुहिरोले ढाकेको महाशाखाले बताएको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी

    • प्रकाशित मितिः पुस २९, २०८०
    • 163 पटक पढिएको
  • बझाङमा ४.४ रेक्टर स्केलको भूकम्पको धक्का

    काठमाण्डौ  ।   बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् ।

    • प्रकाशित मितिः पुस २८, २०८०
    • 177 पटक पढिएको
  • बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १२ पुग्यो

    काठमाडौं । नेपालगञ्जबाट काठमाडौँतर्फ आउदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो ।बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्।काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो। यसैगरी भारतको बिहारका ६७ वर

    • प्रकाशित मितिः पुस २८, २०८०
    • 370 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । तराईका अधिकांश स्थानमा आज (शनिबार बिहान) हुस्सु र कुहिरो लागेको छ। जसले चिसो बढ्नुका साथै नागरिकको दैनिक जनजीवन प्रभावित बनेको छ।सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका स्थानहरूमा हुस्सु र कुहिरो लाग्नुका साथै देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम  सफा रहेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    • प्रकाशित मितिः पुस २८, २०८०
    • 172 पटक पढिएको
  • दाङको राप्ती नदीमा यात्रु बस खस्यो, उद्धार जारी

    काठमाडौं । नेपालगन्जदेखि काठमाडौं आउँदै गरेको यात्रु बस दुर्घटनामा परेको छ । भे.१ख ३९१२ नम्बरको बस दुर्घटनामा परेको हो ।दाङको भालुवाङस्थित राप्ती नदीमा बस खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट भएको क्षतिबारे एकिन भइसकेको छैन । बसमा ३० यात्रु चढेका थिए । प्रहरी घटनास्थलमा पुगेको र उद्धार भइरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परेका बसका चालकको सकुशल उद्धार गरिएको छ ।दाङका प्रहरी प्रवक्ता (डीएसपी) जनक मल्लले दुर्घटनामा केही मानवीय क्षति भएको तर पुष्टि नभएको जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 335 पटक पढिएको
  • टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौँ।  मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा टिपर चालक हेटौंडा-१५ रातोमाटेका २२ वर्षीय सुकदेव पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।गएराति मकवानपुरगढी १ बादरखोल्सीस्थित भित्रि सडकखण्डमा लेनडाँडाबाट बादरखोल्सीतर्फ जादै गरेको बा.प्र-०३-००१ख१४८९ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा चालक पाख्रिन गम्भीर घाइते भएका थिए ।उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनाको समयमा चालकको पहिचान नभएकोमा

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 221 पटक पढिएको
  • टेलिकमले ल्यायो विन्टर अफर

    काठमाडौं । नेपाल टेलिकमले विन्टर अफर २०८० ल्याएको छ । यसअन्तर्गत कम्पनीले स्टे कनेक्टेड, अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डेटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका प्याकमा विभिन्न अफर ल्याएको छ ।कम्पनीका अनुसार यसअघि उपलब्ध भइरहेको फोरजी डेटा अफरलाई अझै आकर्षक बनाइएको छ । यस अनुसार एक दिनको समयावधिका लागि रु. १९ मा ४०० एमबी र रु. ३३ मा १२०० एमबी डेटा उपलब्ध हुनेछ । सात दिनको समयावधिका लागि रु. १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु. २९८ मा ७ जीबी डेटा उपलब्ध हुनेछ ।स्टे कनेक्टेड प्याक अन्तर्गत पाँच दिनको समयावधिका लागि रु. १०९ मा ६ जीबी डे

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 179 पटक पढिएको
  • बक्यौता नतिरेका उद्योगमा लाइन जोडे काटी दिने: कर्मचारी सङ्गठन

    काठमाडौँ । बक्यौता रकम बाँकी रहेका उद्योगहरूमा महसुल नबुझाई लाइन जोडिदिएमा पुनः काटिदिने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सङ्गठनले चेतावनी दिएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै चार कर्मचारी सङ्गठनले यस्तो चेतावनी दिएका हुन् ।प्राधिकरणअन्तर्गत कर्मचारी कल्याण परिषद्, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी सङ्घले अदालतले समेत विद्युत् महसुल असुलउपर गर्न आदेश दिइसकेको अवस्थामा सरकारले महसुल नबुझाई उद्योगहरूमा लाइन जोड्न निर्देशन दिएको भन्दै लाइन जोडिदिएमा पुनः त्यस्ता उद्योगको लाइन काट्ने चेतावनी दिएका हुन् ।‘अदालतले समेत विद्युत् म

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 181 पटक पढिएको
  • चन्द्र भण्डारीको प्रश्न : बलात्कार र प्रेम भनेको के हो ?

    काठमाण्डौ   ।  नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता रहेको बताएका छन् ।बिहीबार सामाजिक सञ्जालमा लेख्दै कस्तो अवस्थालाई प्रेम भन्ने भनेर प्रश्न पनि गरेका छन्।‘कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन ? परिभाषाको आवश्यकता,’ भण्डारीले भनेका छन् ।

    • प्रकाशित मितिः पुस २७, २०८०
    • 273 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा