समाचार

    Showing 11,891-11,900 of 25,764 items.
  • नुवाकोटमा पानी ट्यांकीमा डुबेर बालकको मृत्यु

    नुवाकोट— नुवाकोट जिल्लाको विदुर नगरपालिका–९ को कोलोनी क्षेत्रमा पानी ट्यांकीमा डुबेर एक बालकको ज्यान गएको छ। ४ वर्षीय दिक्षान्त तामाङ पानी ट्यांकीमा डुबेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।उनलाई उद्धारपछि तत्कालै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाले शव पोष्टमार्टमका लागि त्रिशूली अस्पतालमा लगिएको जानकारी दिएका छन्।हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 667 पटक पढिएको
  • बेपत्ता बालक पोखरीमा मृत भेटिए

    जनकपुरधाम— धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा भेटिएका छन् । धनुषाको सबैला नगरपालिका–१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर मृत भेटिएका हुन्।बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।बालक सचिन बुधबार बिहानै ११ बजे घरबाट खेल्दै निस्केका डीएसपी सिंहको भनाइ छ । खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनको शव पोखरीमा फेला परेको हो । गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।घटनबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी क

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 557 पटक पढिएको
  • अध्यक्ष रञ्जिता श्रेष्ठमाथि ‘बिचौलिया’को गम्भीर आरोप

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठमाथि ‘बिचौलिया’को गम्भीर आरोप लागेको छ। पोखरास्थित लिची बगैचाको सरकारी जग्गा हडप्न उनले बिचौलियाको भूमिकामा काम गरेको अडियो सार्वजनिक भएपछि उनी अख्तियारको अनुसन्धान दायरामा आएकी हुन्।बुधबार मात्रै श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) पुगेकी थिइन्। अख्तियार स्रोतका अनुसार उनले करिब दुई घण्टा बयान दिइन्।उक्त अडियोमा श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सुजन लामाबीच घूस लेनदेन, पूजा र ‘क्यास’को मागसम्बन्धी कुराकानी रहेको खुलेको छ। अडियोसँगै सार्वजनिक भएको म्यासेजमा श्रेष्ठले “प

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 683 पटक पढिएको
  • पूर्वप्रधानन्यायाधीश खैरुल हक पक्राउ

    बंगलादेश— बंगलादेशका पूर्वप्रधानन्यायाधीश एबीएम खैरुल हकलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। डिटेक्टिभ ब्रान्च (डीबी) को टोलीले स्थानीय समय अनुसार बिहान ८ बजे ढाकास्थित धानमन्डीमा रहेको उनको निवासबाट पक्राउ गरेको हो।खैरुलविरुद्ध तीनवटा मुद्दा दर्ता भएका डीबीका संयुक्त आयुक्त नासिरुल इस्लामको भनाइ छ । तीमध्ये एउटा मुद्दा बंगलादेशको संविधानको १३औँ संशोधन खारेज गर्ने ऐतिहासिक निर्णयसँग सम्बन्धित छ। उनलाई न्यायिक निर्णयमा परिवर्तन, भ्रष्टाचार र प्रक्रियामा अनियमितता गरेको आरोप लागिएको छ।खैरुल हक सन् २०१० अक्टोबर १ देखि २०११ मे १७ सम्म बंगलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा कार्यरत थिए। सन्

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 670 पटक पढिएको
  • सप्तरीमा दुई शव शंकास्पद अवस्थामा फेला परे

    सप्तरी— सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा दुई पुरुषको शव शंकास्पद अवस्थामा फेला परेका छन्। राजगढ–३ र राजगढ–५ मा दुई फरक स्थानमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलको धानखेतमा करिब ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको र घटनाको प्रकृति शंकास्पद देखिएको प्रहरीले जनाएको छ।त्यस्तै, राजगढ गाउँपालिका–३ मा २१ वर्षीय युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मृतक सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका जितेन्द्र यादव रहेको पुष्टि भएको छ। यादवको शव उनको ससुराली घरमै झुन्डिएको अवस्थामा फेला परेक

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 619 पटक पढिएको
  • लालझाडी गाउँपालिकाको वडा कार्यालयमा चोरी

    कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित वडा कार्यालयमा बुधवार राति चोरी भएको छ। अज्ञात समूहले कार्यालयको ढोका तोडेर विभिन्न महत्वपूर्ण सामग्री चोरी गरेको वडा अध्यक्ष पहलबहादुर थापाले जानकारी दिए।उनका अनुसार चोरहरूले कार्यालयको पछाडिपट्टिको ढोका र वडा सचिवको कार्यकक्षको ताला फोडेर प्रवेश गरेका थिए। चोरी भएका सामानहरूमा एक थान कम्प्युटर, सीपीयू, ल्यापटप र भित्ते पंखा रहेका छन्।वडा कार्यालय हाल एक भाडाको घरमा सञ्चालनमा रहेको थियो। केही महिनामै नयाँ भवनमा सर्ने तयारी भइरहेकाले कार्यालयमा सीसीटीभी जडान गरिएको थिएन। नजिकैको स्वास्थ्य चौकीमा जडित क्यामेरामा पनि चोरहरू देखिएको छैनन्।चोरीपछि व

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 687 पटक पढिएको
  • जनार्दन शर्माको अभिव्यक्तिले माओवादीमा हलचल, प्रचण्ड आजै दिने प्रतिवाद

    काठमाडौं— नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ को तिखो अभिव्यक्तिले पार्टीभित्र तरंग पैदा भएको छ। शर्माले नेतृत्वको भ्रष्टीकरणदेखि सम्पत्ति छानबिनसम्मको कुरा उठाएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित शीर्ष नेतामा असहजता देखिएको छ। प्रचण्डले आजै सार्वजनिक कार्यक्रममार्फत प्रतिवाद गर्ने तयारी गरेका छन्।मंगलबार माक्र्सिज्म स्कुलद्वारा आयोजित कार्यक्रममा तीन कम्युनिष्ट पार्टीका युवा नेताबीच अन्तरक्रिया भएको थियो। कार्यक्रममा नेकपा माओवादीका उपमहासचिव शर्मा, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल सहभागी थिए। त्यही अवसर

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 794 पटक पढिएको
  • ‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत  प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताए । उनले आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको बताउँदै गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको बताए । उनले लेखेका छन्,‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 628 पटक पढिएको
  • बीमा प्राधिकरणकी सञ्चालक पोखरेलले दिइन् राजीनामा, आखिर किन दिइन त राजीनामा ? कारण यस्तो

    काठमाडौं— नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले आफ्नो पदबाट राजीनामा दिएकी छन्। सोमबार उनले व्यक्तिगत कारण देखाउँदै औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्। पोखरेलले पद सम्हालेको झण्डै चार महिनामै राजीनामा दिएकी हुन्।प्राधिकरणका एक उच्च अधिकारीका अनुसार पोखरेलले आफ्नो राजीनामा पत्रमा 'व्यक्तिगत कारणले पदमा निरन्तरता दिन नसक्ने' उल्लेख गरेकी छन्। यद्यपि उनको राजीनामाको पछाडिको वास्तविक कारण भने खुलेको छैन।राधा पोखरेलको नियुक्ति भएदेखि नै विवादास्पद रहँदै आएको थियो। बीमा क्षेत्रसँग विशेष अनुभव नभएका व्यक्तिलाई सञ्चालक पदमा नियुक्त गरिएको भन्दै चौतर्फी आलोचना भएको थियो। केही आलोचकहरूले उक्त नि

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 2,115 पटक पढिएको
  • संविधानले नरोकेको व्यक्तिलाई एमालेले किन रोकेको? – टंक कार्कीको व्यंग्य

     काठमाडौं –  नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वराजदूत टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन संविधानले कुनै रोकावट नगर्ने बताएका छन्। संविधानले नरोक्ने विषयमा राजनीतिले पनि प्रतिबन्ध लगाउन नमिल्ने उनको तर्क छ।फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले लेखेका छन्, “पूर्वराष्ट्रपति भनेको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति होइन। त्यसैले संविधानले रोकेको छैन, राजनीतिले कसरी रोक्न मिल्छ?”कार्कीले अन्य व्यक्तिहरूको उदाहरण दिँदै भण्डारीलाई राजनीतिमा फर्किन नहुने भन्ने सोचप्रति व्यंग्य गरेक

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 1,819 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.