नुवाकोट— नुवाकोट जिल्लाको विदुर नगरपालिका–९ को कोलोनी क्षेत्रमा पानी ट्यांकीमा डुबेर एक बालकको ज्यान गएको छ। ४ वर्षीय दिक्षान्त तामाङ पानी ट्यांकीमा डुबेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनलाई उद्धारपछि तत्कालै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाले शव पोष्टमार्टमका लागि त्रिशूली अस्पतालमा लगिएको जानकारी दिएका छन्।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।