समाचार

    Showing 11,881-11,890 of 19,804 items.
  • हर्क साम्पाङले उपकूलपतिको कार्यालयमा लगाए ताला: राजीनामा दिनु, नत्र घिसार्दै निकाल्न नपरोस्

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।सोमबार शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन् ।उनले आफूलाई लगाएको ताला अरूलाई नखोल्न चेतावनी दिएका छन् । आवश्यक परे आफैँ खोल्ने उनको भनाइ छ ।उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरून् । आवश्यक परे म आफैँ आएर खोल्छु भन्दै साम्पाङले  तालाबन्दीपछि सामाजिक सञ्जालबाट  उपकुलपतिले ढिलो नगरी निकास दिन आग्रह गरेका

    • प्रकाशित मितिः माघ १, २०८०
    • 247 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मुल्य घट्यो

    काठमाडौँ । नेपाल आयल निगमले डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट घटेर आएको इन्धनको मूल्य अनुसार नयाँ उपभोक्ता मूल्य तोकिएको निगमले  जानकारी दिएको छ।

    • प्रकाशित मितिः माघ १, २०८०
    • 394 पटक पढिएको
  • टुँडिखेलमा माघी मनाउने क्रममा भागदौड हुँदा १६ जना घाइते

    काठमाण्डौ   ।   माघी मनाउने क्रममा भिडभाड हुँदा काठमाडौँको टुँडिखेलमा च्यापिएर १६ जना घाइते भएका छन् । माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण भिडभाडमा च्यापिएर घाइते भएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिए अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । भित्र बाहिर गर्नेका लागि ढोका एउटै भएकाले भित्र बाहिर गर्ने क्रममा उनीहरू च्यापिएका हुन् ।घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्

    • प्रकाशित मितिः माघ १, २०८०
    • 311 पटक पढिएको
  • एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार: बालेन

    काठमाडौँ  ।    सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरे सङ्गै  काठमाडौंवासीका घरमा आजदेखि पुन : मेलम्चीको पानी वितरण गरिएको छ ।उद्घाटनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जनताको मन जित्नकै लागि एउटै परियोजना बारम्बार उद्घाटन गरेको टिप्पणी गरेका छन् ।सोमबार फेसबुकमा स्टाटस लेख्दै‘ उनले भनेका छन्, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर।’मेयर साहले व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नज

    • प्रकाशित मितिः माघ १, २०८०
    • 405 पटक पढिएको
  • उद्योगी व्यापारीहरुले गरे बैंक बिरुद्ध बिरोध प्रदर्शन

    सर्लाही । जनकपुरधाममा उद्योगी व्यापारीहरुले बैंकहरुबिरुद्ध बिरोध प्रदर्शन गरेका छन् ।आइतबार पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरु बिरुद्ध प्रदर्शन गरेको छ । बैंकको चर्को ब्याज बिरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको रैली राष्ट्र बैंक अगाडी पुगेर धर्नामा परिणत भएको थियो । बैंकहरुको चर्को ब्याजदर बिरुद्ध आफूहरुलाई आन्दोलनमा उतरिनु परेको उद्योगी व्यवसायीहरुले बताए ।धर्नामा सम्बोध्न गर्दै संघर्ष समितिका संयोजक सुधिर पजियारले नेपालीहरुलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाई दिन बैंकहरुसंग आग्रह गरेका छन । उनले व

    • प्रकाशित मितिः माघ १, २०८०
    • 236 पटक पढिएको
  • काठमाडौँको पेप्सीकोलामा आगलागी

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत पर्ने पेप्सीकोलामा आगलागी भएको छ । अझै आगो निभाउने केही उपाय भएको छैन ।पेप्सीकोला चोकमा रहेको एक टहराबाट धुवाँको मुस्लो आइरहेको छ । स्थानीय र प्रहरी आगो नियन्त्रण गर्न लागिपरेका छन् ।थप बिवरण आउन बाकी छ।

    • प्रकाशित मितिः माघ १, २०८०
    • 288 पटक पढिएको
  • मेलम्चीको पानी काठमाडौँमा आजदेखि वितरण

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट आज काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए ।प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउ

    • प्रकाशित मितिः माघ १, २०८०
    • 240 पटक पढिएको
  • आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा आज विशेष मेला समेत लाग्ने गर्छ ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स

    • प्रकाशित मितिः माघ १, २०८०
    • 413 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालमा बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।दिउँसो  पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी, बागमती र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। रातिको

    • प्रकाशित मितिः माघ १, २०८०
    • 185 पटक पढिएको
  • हर्क साम्पाङको मनपरी तन्त्र, कानूनबाहिरको आदेश नमान्ने उपमेयर बेघाको चेतावनी

    काठमाडौँ । धरान उपमहानगरपालिकको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ्गले उपमेयर आइन्द्र विक्रम बेघाबीच विवाद भएको हो।हर्कले उपमेयर बेघाका विषयमा बोलिएको भिडिओ सामाजिक सञ्जालमा शेयर गरेको विषयमा चर्का चर्की परेको हो ।बैठकहरूमा सधैँ शान्त रहने धरानका उपमेयर अइन्द्रविक्रम बेघा कार्यपालिका बैठकमा भने जङ्गिएका थिए । कार्यपालिका बैठकमा बेघाले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसङ्ग निकाल्दै फेसबुकमा मेयर साम्पाङले सेयर गरेको उक्त भिडिओबारे कुरा उठाएका थिए । बेघाले आफूले विगत १८ महिनादेखि मेयर राईलाई निरन्तर साथ दिएको तर अहिले मेयर राईले घाँटी अँठ्याएको आरोप लगाएका छन।

    • प्रकाशित मितिः पुस २९, २०८०
    • 432 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा