समाचार

    Showing 11,881-11,890 of 25,764 items.
  • भारतमा रोजगारीको प्रलोभनमा नेपालीलाई बन्धक बनाएर अनलाइन ठगी, दुई जना पक्राउ

    काठमाडौं – भारतमा आकर्षक तलबको प्रलोभन देखाएर नेपाली युवकलाई बन्धक बनाई अनलाइन ठगीमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलका अनुसार पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–६ का २४ वर्षीय राजकुमार अच्छामी (हाल भक्तपुर, लोकन्थली) र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का ४५ वर्षीय रेशमबहादुर खत्री (हाल वीरगञ्ज, पर्सा) रहेका छन्।उनीहरूले एक नेपाली युवकलाई भारतमा ड्राइभरको काम दिलाउने भन्दै मासिक ३५ हजार भारू तलब र ओभरटाइमको लोभ देखाई गत वैशाख १९ गते काठमाडौंको बल्खुबाट वीरगञ्ज हुँदै भारतको पटना पुर्‍याएका थिए।ब्यूरोका एसपी र

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 505 पटक पढिएको
  • रुसमा यात्रुवाहक बेपत्ता विमानको भग्नावशेष भेटियो, कोही जीवित नरहेको अनुमान

    एजन्शी । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित नरहेको अनुमान गरिएकाे छ ।बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन-२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो। विमानकाे खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो।रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन् । इन्टरफ्याक्स समाचार एजेन्सीले विमानका टुक्राहरू अमुर क्षेत्रमा भेटिएको जनाएको छ । विमानमा चालक दलका ६ सदस्य र ४३ जना यात्रु गरी ४९ जना सवार थिए। तीमध

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 332 पटक पढिएको
  • सरकार दमनकारी शैलीमा चलिरहेको छ : सांसद कार्की

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गरेकी छिन् । उनले वर्तमान सरकार जनभावनाको विरोधमा दमनकारी शैलीमा अगाडि बढिरहेको आरोप लगाएकी हुन् ।उनले भनिन्, ‘यो सरकार एक वर्षदेखि सत्तामा छ, तर उसले गरेको बाचा–प्रतिबद्धतामध्ये कुनैपनि पूरा गर्न सकेको छैन । त्यसैले अब सरकारको औचित्य समाप्त भइसकेको छ । संविधान संशोधनको कुरा गरेर सत्तामा पुगेको सरकारले अहिले मान्छे र सरकारी निकायको बेचबिखनलाई उपलब्धी मानेको देखिन्छ ।’भिजिट भिसा प्रकरणबारे बोल्दै उनले सरकारको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गरिन् । ‘दुई महिनाद

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 506 पटक पढिएको
  • करेन्ट लागेर २ जनाको मृत्यु

    विराटनगर— झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।  बुधबार घटेका दुई छुट्टाछुट्टै घटनामा एक जनाको घटनास्थलमै र अर्काको उपचारका क्रममा मृत्यु भएको हो।सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधीन पक्की घरमा छत ढलानको क्रममा फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विद्युतको नाङ्गो तारमा छोएपछि कामदार बर्जु गाउँपालिका–६ का ३५ वर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका–३ का ३२ वर्षीय श्रवण चौधरी करेन्ट लागेर घाइते भएका थिए। उनीहरूलाई तत्काल इनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो। श्रवण चौधरीलाई थप उपचारका लागि नोवेल अस्पताल, विराटनगर पठाइएको प्

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 478 पटक पढिएको
  • लागू औषध सहित ४ जना पक्राउ

    विराटनगर— सुनसरी, झापा र उदयपुर जिल्लाबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा बुधबार विभिन्न स्थानमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।उदयपुरको कटारी नगरपालिका–८ निवासी ४५ वर्षीया देवकुमारी थापा मगरलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजासहित पक्राउ गरेको हो।त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर–६ बाट इलाम नगरपालिका–११ का ईछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।यसैगरी, सुनसरीको ईनरुवा–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहर

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 514 पटक पढिएको
  • मकवानपुर प्रहरीले गर्यो १६ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण

    हेटौंडा – चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरूले अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्यसम्पादन गरेका छन् ।प्रहरीको सार्वजनिक विवरणअनुसार, एक वर्षको अवधिमा एक हजार ७५ वटा मुद्दा दर्ता भएका छन् भने  नौं सय २८ जना अभियुक्त पक्राउ परेका छन्।लागुऔषधसम्बन्धी १८८ वटा मुद्दा दर्ता गर्दै २८९ जना पक्राउ गरिएको छ। यस क्रममा छ हजार ००४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५,२७१ थान नाइट्राभेट÷ट्रामाडोल, २,७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम ४३३ मिलिग्राम

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 470 पटक पढिएको
  • थाईल्यान्डको पेट्रोल पम्पमा कम्बोडियाली आक्रमण: ६ जनाको मृत्यु, दर्जनौं घाइते

    काठमाडौं— थाईल्यान्डको सिसाकेत प्रान्तस्थित एक गाउँमा रहेको व्यस्त ग्यास स्टेशनमा कम्बोडियाबाट प्रहार गरिएको रकेट खस्दा ६ जनाको मृत्यु भएको छ ।  १० जना घाइते भएका छन् । थाई सेनाले बिहीबार वक्तव्य जारी गर्दै ग्यास स्टेसनलाई लक्षित गर्दै आक्रमण भएको जनाएको हो।थाई सेनाका प्रवक्ताका अनुसार रकेटले एक ग्यास स्टेशनलाई लक्षित गरी प्रहार गरिएको थियो । घटनास्थलको सामाजिक सञ्जालमा आएका भिडिओहरूलाई सीएनएनले जियोलोकेट गरेको छ जसमा एक ७/११ स्टोर पूर्ण रूपमा क्षतिग्रस्त देखिन्छ ।भिडिओहरूमा स्टोरको ढोका उडेको, झ्यालहरू फुटेका र वरपर धुवाँमय वातावरण देखिएको छ । त्यहाँका केही मानिसहरू घाइतेलाई सहयोग गर्न द

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 751 पटक पढिएको
  • सभामुख घिमिरे: “सुनुवाइका लागि आन्दोलन गर्नु पर्ने अवस्था अन्त्य गर्नुपर्छ”

    काठमाडौं – सभामुख देवराज घिमिरेले कुनै पनि माग पुरा गराउन सडकमा उत्रनु पर्ने बाध्यकारी अवस्था अन्त्य गर्न जरुरी रहेको बताएका छन्।बिहीबार सिंहदरबारमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा हस्तान्तरण गरिएका बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्ने कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।उनले न्यूनतम सुनुवाइ पनि आन्दोलनपछि मात्र हुने प्रवृत्ति गलत भएको उल्लेख गर्दै भने, "यदि कुनै माग अव्यवहारिक, असान्दर्भिक वा अनुचित छ भने त्यसलाई तत्काल अस्वीकार गर्न सक्नुपर्छ। तर प्रयास गर्दा पनि सुनुवाइ नभए सडकमा जानु असंवैधानिक ठहर्दैन। तर यस्तो अवस्था आउन

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 472 पटक पढिएको
  • पचास जना यात्रु सवार रुसी विमान चिनियाँ सीमामा बेपत्ता

    काठमाडौं— हवाई ट्राफिक नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएपछि एक रुसी यात्रुवाहक विमान बेपत्ता भएको छ। रोयटर्सका अनुसार विमान रुसको पूर्वी अमुर क्षेत्रमा उडिरहेको थियो। यो एएन-२४ विमानमा लगभग ५० यात्रु सवार थिए। यस क्षेत्रका गभर्नरले विमानको खोजी भइरहेको बताए।स्थानीय आपतकालीन मन्त्रालयले विमान चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कको खाबारोभस्क हुँदै टिन्डा जाँदै गरेको बताएको छ। टिन्डा पुग्नुअघि नै यो राडारबाट हराएको थियो र सम्पर्क विच्छेद भएको थियो।अमुरका गभर्नर भासिली ओर्लोभले हराएको विमान अंगारा एयरलाइन्सको भएको बताए। यसमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। यात्रुहरूमा ५ बालबालिका

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 619 पटक पढिएको
  • ललितपुरको टिकाथलीमा ७ लाख रुपैयाँ बराबरको चोरी

    काठमाडौं– ललितपुरको टिकाथलीमा एक युवतीको कोठाबाट करिब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। महालक्ष्मी नगरपालिका–५, टिकाथलीमा डेरा गरी बस्दै आएकी रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ की २० वर्षीया निर्मला केसीको कोठाबाट बुधबार साँझ चोरी भएको हो।प्रहरीका अनुसार कोठाबाट सुन तथा नगद सहित झण्डै ७ लाख रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको छ। चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै, घटनासम्बन्धी आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको छ।

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 578 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.