काठमाडौं– ललितपुरको टिकाथलीमा एक युवतीको कोठाबाट करिब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। महालक्ष्मी नगरपालिका–५, टिकाथलीमा डेरा गरी बस्दै आएकी रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ की २० वर्षीया निर्मला केसीको कोठाबाट बुधबार साँझ चोरी भएको हो।
प्रहरीका अनुसार कोठाबाट सुन तथा नगद सहित झण्डै ७ लाख रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको छ।
चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै, घटनासम्बन्धी आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको छ।