समाचार

    Showing 11,861-11,870 of 19,804 items.
  • पटका कारखाना विस्फोटमा २३ को मृत्यु

    एजेन्शी  ।   थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । विस्फोट स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिपनजिक भएको हो ।सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक अध्यादेश डिस्पोजलका अनुसार २३ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ । विस्फोटका कारणबारे कुनै सङ्केत प्राप्त भएको छैन ।अनलाइन पोस्ट गरिएको आधिकारिक वयानमा प्रधानमन्त्री श्रेथाले मृतकका परिवारप्रति दुःख व्यक्त गरेका छन् । उनले कारखाना अवैधरूपमा सञ्चालन भइरहेको थियो वा थिएन र घटनाको कारणबारे छानबिन गर्न पनि आदेश दिएका छन्।एएफपीका

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 218 पटक पढिएको
  • ट्रक सडकबाट ३० मिटर तल खस्दा एकजनाको मृत्यु, तीन घाइते

    काठमाण्डौ  ।धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । दाउरा बोकेको ट्रक खनियाबास गाउँपालिका-५ मा दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् । 

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 227 पटक पढिएको
  • भिरबाट लडेर एक महिला घाइते

    काठमाण्डौ  ।  अछाममा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।जिल्लाको कमलबजार नगरपालिका–५ की ६२ वर्षीया हिरा देवकोटा भिरबाट लडेर  घाइते भएकी छन्। उनी बाख्रा चराउन  गएका बेला लडेर घाइते भएकी हुन्। उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 146 पटक पढिएको
  • जिप चोरी गर्ने युवा पक्राउ

    काठमाण्डौ  ।  कास्की प्रहरीले बुधबार पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदैगरेका एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका –१० मा पर्ने अमरसिंह स्कुलको खेल मैदानमा राखिएको जिप चोरी गर्ने २० वर्षीय गोविन्द परियारलाई प्रहरीले पक्राउ गरेको हो ।बुधबार साढे १ बजेतिर ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी भएको सूचना पाएपछि प्रहरीले परियारलाई सोही जिप चलाइरहेको अवस्थामा पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। पोखरा –१४, समिनतरा बस्ने परियारलाई पक्राउ गरी चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिन म्याद थपगरी अनुस

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 175 पटक पढिएको
  • अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा चेकजाच गर्न सशस्त्र प्रहरी

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा चेकजाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले  जानकारी दिएका छन । अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।विमानस्थलको सुरक्षामा सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 278 पटक पढिएको
  • नेपाल सरकार र एसियाली विकास बैंक एडीबीबीच ऋण र अनुदान सम्झौता

    काठमाडौं  ।   नेपाल सरकार र एसियाली विकास बैंक एडीबीबीच १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी  जीवनयापन सुधार परियोजना कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरे ।सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ । सम्झौताप

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 238 पटक पढिएको
  • काठमाडौंमा २ जना मृत भेटिए

    काठमाडौं  ।    काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकको नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका-१ स्थायी घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् ।यस्तै काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका-८ ओमचोक सैलुङगेश्वरी गेष्ट हाउसनजिक बागमती खोलामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष हिजो मृत अवस्थामा फेला परेका छन् । प्रहरीले दुवै घटनाको अनुसन्धान थालेको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 151 पटक पढिएको
  • करिव १ किलो सुनसहित ३ जना पक्राउ

    काठमाण्डौ  ।  बारा र कास्कीमा करिव १ किलो सुन बरामद भएको छ । प्रहरीका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित विकासशिल चोकबाट करिब ६ सय ५८ ग्राम सुन बरामद भएको हो । जितपुर सिमरा उपमहानगरपालिका-१८ का ५४ वर्षीय राधेश्याम माझी र गोरखाको गोरखा नगरपालिका-१ का ३८ वर्षीय यदुकुमार विकका साथबाट सो सुन बरामद भएको हो। ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रूमालमा लुकाएको सुन बरामद गरेको हो ।यस्तै कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउस नजिकबाट सुन करिब १० तोला ६ लाल बरामद भएको छ । पाल्पाको रम्बादेबी गाउँपालिका-३ का र हाल पोखरा महानगरपालिका-१ मोहोरिया

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 203 पटक पढिएको
  • युवराज सफलद्वारा जिबी राई र रवि लामिछानेविरुद्ध उजुरी दर्ता

    काठमाण्डौ  ।  युवराज सफलले सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा हदैसम्मको कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका छन्।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 186 पटक पढिएको
  • सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने वताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताए । प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्वन्धमा तत्कालिन र दीर्घकालीनढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिए

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 137 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा