समाचार

    Showing 11,861-11,870 of 25,764 items.
  • अख्तियारले दुई पूर्व मन्त्रीका मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान तीव्र

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा संलग्न दुई पूर्व मन्त्रीका मोबाइल फोन नियन्त्रणमा लिएको छ। पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरूमाथि कडा निगरानी गर्दै आएको अख्तियारले पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमि, व्यवस्था तथा सहकारी निवारणमन्त्री रञ्जिता श्रेष्ठका मोबाइल नियन्त्रणमा लिएको हो।गुप्तामाथि कास्कीको मालपोत कार्यालय प्रमुखको सरुवाका लागि ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीका अध्यक्ष नियुक्तिका लागि १० लाख रुपैयाँ घुस लिएको आरोप छ। कुल ७८ लाख रुपैयाँको "डिल" भएको आशंकामा अख्तियारले उनलाई बयानका लागि बोलाएको हो। अनुसन्धानका क्रममा गुप्ताको मोबाइ

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 458 पटक पढिएको
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो कारोबार दिन बिहीबार २४ सयले घटेको सुन आज ५ सय रुपैयाँले घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ५ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।बिहीबार एक तोला सुन १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रपैयाँ पुगेको थियो।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 682 पटक पढिएको
  • ७ हजार आवेदनबाट छनोट भएका १६५ युवा सांसदहरुले लिए शपथ

    काठमाडौं— देशभरबाट छानिएका एक सय ६५ युवा सांसदले बिहीबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहमार्फत पद तथा गोपनीयताको शपथ लिएका छन्। ग्लोबल युथ पार्लियामेन्ट र राष्ट्रिय युवा सांसद कार्यक्रमको संयुक्त आयोजनामा सम्पन्न सो समारोहमा अध्यक्ष दिवाकर अर्यालले सांसदहरूलाई शपथ गराए।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केवल विद्युत् उज्यालोले मात्र समृद्धि सम्भव नरहेको भन्दै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा समेत उज्यालो ल्याउनु आवश्यक रहेको धारणा राखे। उनले युवा पुस्ताले व्यापक परिवर्तनको नेतृत्व गर्नुपर्नेमा जोड दिए।नेपाल उद्योग वाणिज्य मह

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 729 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं - संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय  विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।उक्त विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 449 पटक पढिएको
  • नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

    नुवाकोट— नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ स्थित रामती बजारबाट नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पर्नेमा दुप्चेश्वर गाउँपालिका–७ निवासी ४२ वर्षीय नरबहादुर तामाङ र भीमबहादुर तामाङ रहेका छन्। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका ९३ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।ती नक्कली नोटहरू उनीहरूले आफैंले बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाले जानकारी दिए । अनुसन्धानका क्रममा भीमबहादुर तामाङको घरमा लुकाइएको थप २४ थान नक्कली एक हजार दरका नोट पनि फेला परेको प्रहरीले जनाएको छ।हाल नक्कली नोटको कारोबारम

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 697 पटक पढिएको
  • पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भैसक्यो : पूर्ण बस्नेत

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) को पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भइसकेको बताएका छन् ।सक्रिय राजनीतिमा फर्कने नदिने एमालेको केन्द्रीय कमिटिको निर्णयका विरुद्ध शुक्रबार पत्रकार सम्मेलनमार्फत भण्डारीले कानूनी उपचारमा जाने वा राजनीतिक लडाईको उद्घोष गर्ने आँकलन भइरहँदा बस्नेतले भण्डारीको पार्टी सदस्यता प्राप्तिको राजनीतिक र कानूनी लडाई अन्त्य भइसकेको दाबी गरेका हुन् ।बस्नेतले भने, ‘विद्या भण्डारीलाई पार्टीमा नल्याउने भनि एमालेको केन्द्रीय समितिको बैठकले राजनीतिक निर्णय गरिसकेको छ । अब भण

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 280 पटक पढिएको
  • कोशी प्रदेशमा गाँजाविरुद्ध कडा अभियान: एक वर्षमा २६ हजार ७ सय किलोभन्दा बढी गाँजा बरामद, १७ लाखभन्दा बढी बोट नष्ट

    विराटनगर— आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागूऔषध गाँजाको ओसारपसार, कारोबार र खेती नियन्त्रणका लागि तीव्र अभियान चलाउँदै २६ हजार ७०५ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। यस अवधिमा करिब १७ लाख ७२ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको प्रहरीको दाबी छ।प्रदेशभरि सक्रिय प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच कडा बनाएपछि बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट लगाइएका गाडी, तरकारी बोक्ने सवारी, मोटरसाइकलजस्ता साधनमार्फत लुकाइछिपाइ गरिएको गाँजा बरामद गरिएको हो। कतिपय अवस्थामा गाँजा कोशी नदीमा बगाएर वा जमिनमुनि गाडेर ओसारपसार गरिएको पाइएको छ।गाँजा

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 480 पटक पढिएको
  • लगातार कामको चापले आफू थकित छु : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन् ।शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै  उनले थकित भएकाले हिजो (बिहीबार) बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको जानकारी दिएका हुन् । ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दा

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 394 पटक पढिएको
  • यी ६ निर्माण कम्पनी परे कालो सूचीमा

    काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने ति निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 541 पटक पढिएको
  • रेशम चौधरीको चेतावनी : केन्द्रीय समितिमा जवाफ दिनुस्, भाग्न पाइँदैन

    काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफूमाथि लागेको आरोपको जवाफ केन्द्रीय समिति बैठकमा आएर दिनुपर्ने बताएका छन्।भिडियो सन्देशमार्फत रेशम चौधरीले अध्यक्ष रञ्जितालाई "भाग्न नपाउने" भन्दै पार्टीको बैठकमा स्पष्ट रूपमा उपस्थित भएर आफ्नो पक्ष राख्न आग्रह गरेका छन्।रञ्जिता चौधरी कास्कीस्थित लिचीबारी जग्गा प्रकरणमा बिचौलिया बनेर मन्त्रीलाई घुस खुवाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेकी छन्।रेशम चौधरीले भने, “अध्यक्षले बैठक वैधानिक होइन भनेर आफूलाई अलग राख्न खोज्नुहुन्छ भन्ने सुनेको छु। तर उहाँ अध्यक्ष हुनुहुन्छ भने सबै

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 826 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.