काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
कार्यालयले आज सूचना जारी
गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण
कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।
जिम्मा लिएको काम समयमै पूरा
नगर्ने ति निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को
उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।