नुवाकोट— नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ स्थित रामती बजारबाट नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पर्नेमा दुप्चेश्वर गाउँपालिका–७ निवासी ४२ वर्षीय नरबहादुर तामाङ र भीमबहादुर तामाङ रहेका छन्।
उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका ९३ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ती नक्कली नोटहरू उनीहरूले आफैंले बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाले जानकारी दिए । अनुसन्धानका क्रममा भीमबहादुर तामाङको घरमा लुकाइएको थप २४ थान नक्कली एक हजार दरका नोट पनि फेला परेको प्रहरीले जनाएको छ।
हाल नक्कली नोटको कारोबारमा उनीहरू संलग्न रहेको आशंकामा विस्तृत अनुसन्धान जारी रहेको छ। यस घटनामा अन्य व्यक्तिको संलग्नता हुन सक्ने भएकाले अनुसन्धानको दायरा फराकिलो बनाइएको प्रहरीको भनाइ छ।