काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) को पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भइसकेको बताएका छन् ।
सक्रिय राजनीतिमा फर्कने
नदिने एमालेको केन्द्रीय कमिटिको निर्णयका विरुद्ध शुक्रबार पत्रकार सम्मेलनमार्फत
भण्डारीले कानूनी उपचारमा जाने वा राजनीतिक लडाईको उद्घोष गर्ने आँकलन भइरहँदा
बस्नेतले भण्डारीको पार्टी सदस्यता प्राप्तिको राजनीतिक र कानूनी लडाई अन्त्य
भइसकेको दाबी गरेका हुन् ।
बस्नेतले भने, ‘विद्या भण्डारीलाई पार्टीमा नल्याउने भनि एमालेको केन्द्रीय समितिको बैठकले
राजनीतिक निर्णय गरिसकेको छ । अब भण्डारी तत्काल एमालेको राजनीतिमा फर्कने कुनै
सम्भावना रहेन । जहाँसम्म यसबारे उनले कानूनी उपचारको बाटो खोज्ने कुरा छ ।
एमालेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय राजनीतिक मात्र हैन यो पूर्णतः
कानूनी निर्णय पनि हो । यसउपर कहीँ कतै पुनरावेदन गर्ने ठाउँ हुँदैन ।’
आगामी एमालेको केन्द्रीय
समिति वा महाधिवेशनबाट विद्याबारे निर्णय गर्न सकिने सम्भावना पनि भण्डारीका
पछिल्ला गतिविधिले टर्दै गएको बस्नेत बताउँछन् । बस्नेत विद्याको सक्रिय
राजनीतिबारे अब एमालेको बैठकको एजेण्डासमेत बन्ने सम्भावना देख्दैनन् ।
सरकारको भ्रष्टाचार, असफलता र अलोकप्रियतालाई छोप्न र रास्वपाको हस्ताक्षर अभियानबाट जनताको ध्यान
डाइभर्ट गर्न यो सबै एमालेले जानीबुझी खेलेको खेल र प्रपञ्च होइन भने विद्या
भण्डारीको एमाले राजनीतिक जीवनमा लगभग पूर्ण बिराम लागिसकेको बस्नेतको ठोकूवा छ ।
विद्या भण्डारीले पत्रकार
सम्मेलन गरेर पोख्ने गुनासो र देखाउने घुर्कीेले केही पार नलाग्ने उनको भनाइ छ ।