समाचार

    Showing 11,141-11,150 of 19,757 items.
  • गृह मन्त्रालयले गर्यो सशस्त्र प्रहरी बलका १८ एसएसपीहरुको सरुवा

    काठमाण्डौ  ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ। साधारणतर्फ १६ र प्राविधिकतर्फ २ जना वरिष्ठ प्रहरी उपरीक्षकहरुको सरुवा भएको हो।सशस्त्र प्रहरी प्रवक्ता समेत रहेका एसएसपी राजेन्द्र खड्कालाई युएन तालिम शिक्षालय ककनीमा सरुवा गरेको छ । रविनराज कर्णजितलाई पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ्ग र सुधीरजंग थापालाई हुल तथा दंगा व्यवस्थाापन तालिम शिक्षालय लामापाटनमा गरेको छ।सञ्चार तथा इन्जिनियरिङ तर्फका इन्जिनियर प्रमोदकुमार शाह तेलीलाई प्राविधिक तालिम शिक्षालय काठमाडौँ र इन्जिनियर नानीराम हुमागाईंलाई कार्य विभागमा सरुवा गरिएको छ । यस्तो छ सरुवा सूची:-

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 215 पटक पढिएको
  • मोरङको च्वाइस होटलमा आगलागी, लाखाैंको क्षती

    मोरङ   ।     मोरङ मिक्लाजुङ गाउँपालिका-७ लालिगुराँस टोल निवासी हर्क श्रेष्ठको जस्तापाताले छाएको एक तले च्वाइस होटलमा २:३० बजे आगलागीबाट पुर्ण नष्ट भएको छ ।उक्त आगलागी भएको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी घटना स्थलमा पुगेका थिए । आगलागी के-कुन कारणले भएको भन्ने इलाका प्रहरी कार्यालय मधुमल्लाले अनुसन्धान गरिरहेकाे बाताइएकाे छ । आगाे नियन्त्रण गर्न उर्लावारी, दमक, पथरीशनिश्वरे नगरपालिकाको दमकल तत्काल घटना स्थलमा पुगी र स्थानीयको सहयोगमा आगाे नियन्त्रणमा लिएकाकाे प्रहरीले जनाए । उक्त आगलागीबाट च्वाइस होटल घर, घर भित्र रहेको नगद, सुनचादी, अन्नपात, भाडावर

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 191 पटक पढिएको
  • भन्सार छली ल्याएको मोबाईल डिस्प्ले बरामद

    काठमाण्डौ  ।  प्रहरीले अबैध भन्सार छली ल्याएको मोबाईल डिस्प्ले बरामद गरेको छ ।बाँकेको नेपालगंज उपमहानगरपालिका ४ बसपार्कस्थित कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका मोबाईल डिस्प्ले र ४०० पिस टच बरामद गरेको छ ।प्रहरीले अन्दाजी ८ लाख बराबरको सामान बरामद गरेको हो । साथै आवश्यक कारबाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 205 पटक पढिएको
  • पशुपतिमा साउन १ गतेदेखि विद्युतीय शवदाह निःशुल्क

    काठमाण्डौ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत् अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् । अहिले विद्युतीय शवदाहका लागि ४ हजार ५०० शुल्क लाग्छ ।पशुपति मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा सदस्य सचिव डा. थापासहित तीन जनालाई विशेष अदालतले बुधबार सफाइ दिएको थ

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 224 पटक पढिएको
  • गृह मन्त्रालयले गर्यो सशस्त्र प्रहरी बलका १६ डिआइजीको सरुवा

    काठमाण्डौ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) का १६ नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ ।गृह मन्त्रालयको निर्णय अनुसार १६ जना डीआईजीको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।सरुवासँगै सशस्त्र प्रहरीका बाहिनीपतिहरू परिवर्तन भएका छन्।जसअनुसार नम्बर एक बराह बाहिनी सुनसरीमा शम्भु सुवेदी, नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीमा कालीदास धौबजी, नेपाल नम्बर ३ गढीमाई बाहिनी मकवानपुरमा गणेशबहादुर ठाडामगरलाइ पठाइएको छ।नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा दुर्गाप्रसाद भट्टराई, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीमा कुलबहादुर नेम्वाङ र नम्बर ५ विन्ध्यवासिनी बाहिनी रुपन्देहीमा अभि

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 499 पटक पढिएको
  • लागुऔषध ब्राउनसगुर सहित ८ जना पक्राउ

    झापा  ।   झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागूऔषध ब्राउनसगुर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रदेशिक अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका ईटहरी-९ का २४ बर्षीय आकाश थापा, धनकुटा महालक्ष्मी नगरपालिका-९ का २४ बर्षीय बिकाश तामाङ, धरान-१४ का ३२ बर्षीय अविजल थापा, धरान-१५ का २१ बर्षीय मोहन राई, धरान-५ का २२ बर्षीय अनक राई र भोजपुरका २२

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 243 पटक पढिएको
  • गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका रमेश पहरीको मृत्यु, आगो अझै नियन्त्रणबाहिर

    काठमाण्डौ । ललितपुरको गोदावरी नगरपालिकास्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको आज बिहान मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका ४७ वर्षीय रमेश पहरीको पनि उपचारका क्रममा आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको गोदावरी–४ का वडाअध्यक्ष सानुभाई नगरकोटिले जानकारी दिए । उनका अनुसार पहरीको शव बर्न अस्वतालबाट पोस्मार्टमका लागि किस्ट अस्पताल लैजाने तयारी गरिएको छ ।गोदावरी नगरपालिका भित्रका तपेश्वर, लेले, ठैडोललगायतका बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 247 पटक पढिएको
  • भ्यान दुर्घटना, एक जनाको मृत्यु

    फिक्कल । मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा बुधबार बिहान करिब ५ बजे मारुती भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन । घाइतेलाई उपाचारका लागि झापा पठाइएको छ।बुधबार बिहान झापाबाट इलामतर्फ जादै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान अनियन्त्रित भइ राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 194 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, सार्वजनिक बिदा

    काठमाण्डौ  ।  आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा हरेक वर्ष मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ।  श्रमिकहरुको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा यो दिवस मनाइन्छ। यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ यो दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिष्य श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 412 पटक पढिएको
  • पशुपतिको जलहरी प्रकरणमा मुछिएका सबैलाई सफाइ

    काठमाण्डौ  ।   विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनालाई सफाइ दिएको छ ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापा सहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो । विशेष अदालतका शाखा अधिकृत सागर ढकालका अनुसार, आरोपित सबैजनाले सफाइ पाएका हुन् । पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ असोजमा तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले कोषका तत्कालिन कोषाध्यक्ष डा. मिलन थापा,

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 449 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा