समाचार

    Showing 11,141-11,150 of 25,723 items.
  • डिजिटल प्लेटफर्मका फाइदा धेरै छन् तर दुरुपयोग बढ्यो : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील  र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताउँदै डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिनकासाथै विश्वसँग जोडिने अवसरहरु प्रदान गरेको धारणा राखे । उनले भने,‘अब हामी

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 393 पटक पढिएको
  • सौर्य एयरलाइन्स दुर्घटनाः कोपाइलट सुशान्तका पिताद्वारा आयोग संयोजकमाथि दुर्व्यवहारको आरोप

    काठमाडौँ – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले घटनाको अध्ययन गर्न गठित आयोगका संयोजकमाथि दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएका छन्।बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले आयोग पक्षपाती ढंगले कार्य गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। कटुवालले आफू आयोगसँग कुरा गर्न जाँदा संयोजकले दुर्व्यवहार गरेको र प्रयोग गरिरहेको औषधिसमेत रोक्न बाध्य बनाएको दाबी गरे।उनका अनुसार आयोगले प्रारम्भिक प्रतिवेदन र अन्तिम प्रतिवेदनमा उल्लेख्य फरक प्रस्तुत गरेको छ। “छोरो जर्मनीमा जाँदा फेल भएको रहेछ भनेर कुराकानीम

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 699 पटक पढिएको
  • संघीय संसद्को वेबसाइटको सर्भर डाउन, समस्या समाधानमा प्राविधिक टोली खटिएको

    काठमाडौं— संघीय संसद्को आधिकारिक वेबसाइटको सर्भर डाउन भएको छ। यसले प्रयोगकर्ताहरूलाई वेबसाइटमा पहुँच गर्न समस्या भइरहेको छ।संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सर्भरमा समस्या देखिएको छ र त्यसको समाधानमा प्राविधिक टोली खटिएको जानकारी दिए।“सर्भर डाउन भएको छ। बनाउन भनिएको छ। प्राविधिक टिमले हेरिरहेको छ,” गिरीले भने।हालको लागि सर्भर कहिलेसम्म सञ्चालनमा आउने भन्नेबारे निश्चित समय तोकिएको छैन। सचिवालयले समस्या चाँडै समाधान हुने अपेक्षा व्यक्त गरेको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 587 पटक पढिएको
  • १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणीपछि किशाेरी गर्भवती , आरोपी ५० वर्षीय राई पक्राउ

    काठमाडौ –  किशोरीलाई जबरजस्ती करणी गरि फरार भएका एक आरोपीलाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाकाे गौरादह नगरपालिका- ९ झमकचाेक बस्ने ५० वर्षीय डिकबहादुर राई रहेका प्रहरीले जनाएकाे छ।२०८१ माघ महिनाको पहिलो साता राईले  १६ वर्षीया नाबालिगलाई डर त्रास देखाई करणी गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ।करणीपछि किशाेरी गर्भवती भएकी थिइन् भने राई फरार थिए। गएकाे जेठ २८ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा पीडितले राई विरुद्ध किटानी जाहेरी दिएका थिए।  झिलझिलेबाट खटिएको प्रहरी टोलीले राईलाई गोप्य सूचनाका आधारमा यही साउन २८ गते  झापाकै शिवसताक्षी नगरपालिका-६

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 654 पटक पढिएको
  • काठमाडौंको कालीमाटी र कुलेश्वरमा अवैध पुल भत्काउँदै महानगर

    काठमाडौं— काठमाडौं महानगरपालिकाले कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले अवैध रूपमा निर्माण गरेका पुलहरू भत्काउने अभियान थालेको छ।काठमाडौं महानगरपालिका–१३ र १४ मा स्थानीयले आफूखुसी निर्माण गरेका पाँच वटा पुलमध्ये हाल दुई पुल भत्काइसकिएको र बाँकी तीन पुल भत्काउने तयारी भइरहेको महानगरले जनाएको छ।महानगरका अनुसार ती पुलहरू कुनै कानुनी स्वीकृति र प्राविधिक मापदण्ड बिना बनाइएकाले हटाउन लागिएको हो। यसले खोलाको प्राकृतिक बहावमा असर पार्नुका साथै बाढी र डुबानको जोखिम बढाउने भन्दै महानगरले अवैध संरचनाहरू हटाउन थालेको हो।यसअघि पनि महानगरले सार्वजनिक जमिन, सडक र खोल्सामा गरिएको अतिक्रमणविरुद्ध विभिन

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 461 पटक पढिएको
  • महाकाली नदीमा पानीको बहाव उच्च भएपछि आवागमन बन्द

    काठमाडौं— महाकाली नदीमा पानीको बहाव उच्च भएपछि कञ्चनपुरस्थित नेपाल–भारत सीमाको बनबासा पुल (शारदा ब्यारेज) हुँदै हुने सवारी तथा मानव आवागमन बन्द गरिएको छ।आज बिहान ११ बजे महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाव मापन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। यो बहाव एक लाख क्यूसेकभन्दा बढी भएको अवस्थामा जोखिमपूर्ण मानिने भएकाले चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारी साधन तथा सर्वसाधारणको आउजाउ अस्थायी रूपमा रोकिएको हो।शारदा ब्यारेज बाढी मापन केन्द्रका अनुसार नदीमा जलसतह अझै बढ्ने अनुमान गरिएको छ। भारततर्फको शारदा ब्यारेज कार्यालयले पनि सूचना जारी गर्दै आगामी केही घण्टा थप वर्षा हुने सम्भावना रहेकाले

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 567 पटक पढिएको
  • डिजिटल प्रविधिको जिम्मेवार प्रयोगले समृद्ध भविष्य निर्माण सम्भव : देउवा

    काठमाडौं –  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डिजिटल माध्यमको सचेत, जिम्मेवार र समुचित प्रयोग नै देशको डिजिटल भविष्यको आधार हुने बताएका छन्।नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रमको उद्घाटन गर्दै देउवाले डिजिटल माध्यमले सेवा तथा सुविधालाई छिटो, पारदर्शी र प्रभावकारी बनाएको उल्लेख गरे।उनले भने, "आजको युग विज्ञान र प्रविधिको हो। हामी डिजिटल युगमा बाँचिरहेका छौं, जहाँ मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको प्रयोग दैनिक जीवनको अभिन्न अंग बनेको छ।"सभापति देउवाका अनुसार डिज

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 466 पटक पढिएको
  • ठमेलबाट ११५ किलो बुद्धचित्तसहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं – ११५ किलो बुद्धचित्तको दानासहित ठमेलबाट  दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो । उनीहरुबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए ।पक्राउ परेकाहरुको नामसहितको विवरण केहीबेरमा सार्वजनिक गरिने प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 569 पटक पढिएको
  • जसपा नेपालको पार्टी सदस्यता विवरण पठाउन निर्देशन

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यताको नवीकरण र अभिलेखीकरण प्रक्रिया छिटो टुंग्याउन मातहतका सबै समिति तथा इकाइहरूलाई निर्देशन दिएको छ।साउन मसान्तसम्म सदस्यता विवरणको सम्पूर्ण प्रक्रिया सम्पन्न गरी सम्बन्धित प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा जानकारी दिनुपर्ने पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।पार्टी महासचिव रामकुमार शर्माले सबै जिल्ला समितिहरूलाई समयमै कार्य सम्पन्न गर्न आग्रह गर्दै भनेका छन्, “जिल्ला समितिले सदस्यता नवीकरणको कार्य समयमै नगरेमा प्रदेश अधिवेशनमा सहभागिता जनाउन समस्या पर्न सक्छ, जसको जिम्मेवारी सम्बन्धित सदस्य

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 583 पटक पढिएको
  • फुल कन्ट्याक्ट कराते महासंघ काठमाडौंमा विशाल लामा नेतृत्वको नयाँ समिति चयन

    काठमाडौं — नेपाल फुल कन्ट्याक्ट कराते महासंघ काठमाडौं शाखामा विशाल लामाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ।हालै सम्पन्न निर्वाचनमार्फत लामा अध्यक्षमा निर्वाचित भएका हुन्। महासंघको नयाँ कार्य समितिमा रितिग मगिया उपाध्यक्ष, वीरचन्द्र नकर्मी सचिव र जेनिसा तामाङ कोषाध्यक्ष पदमा चयन भएका छन्।सदस्यहरूमा सूर्य कार्की, रेवतीप्रसाद सापकोटा, दिनेश मर्हजन, सुजन श्रेष्ठ, अम्बिर कृष्ण श्रेष्ठ, चन्द्रकुमार मर्हजन, जिनेश डंगोल र क्षितिज किरण रंजित चयन भएका छन्।महासंघले नयाँ नेतृत्वसँगै काठमाडौंमा फुल कन्ट्याक्ट करातेको प्रवर्द्धन र खेलाडीको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 588 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.