काठमाडौं — नेपाल फुल कन्ट्याक्ट कराते महासंघ काठमाडौं शाखामा विशाल लामाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ।
हालै सम्पन्न निर्वाचनमार्फत लामा अध्यक्षमा निर्वाचित भएका हुन्। महासंघको नयाँ कार्य समितिमा रितिग मगिया उपाध्यक्ष, वीरचन्द्र नकर्मी सचिव र जेनिसा तामाङ कोषाध्यक्ष पदमा चयन भएका छन्।
सदस्यहरूमा सूर्य कार्की, रेवतीप्रसाद सापकोटा, दिनेश मर्हजन, सुजन श्रेष्ठ, अम्बिर कृष्ण श्रेष्ठ, चन्द्रकुमार मर्हजन, जिनेश डंगोल र क्षितिज किरण रंजित चयन भएका छन्।
महासंघले नयाँ नेतृत्वसँगै काठमाडौंमा फुल कन्ट्याक्ट करातेको प्रवर्द्धन र खेलाडीको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।