काठमाडौं – ११५ किलो बुद्धचित्तको दानासहित ठमेलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो । उनीहरुबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए ।
पक्राउ परेकाहरुको नामसहितको विवरण केहीबेरमा सार्वजनिक गरिने प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।