काठमाडौं— प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ सुरु भएको छ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्माको सहभागितामा गठित संवैधानिक इजलासले सुनुवाइ प्रारम्भ गरेको हो।सर्वोच्च अदालतको एनेक्स भवनस्थित इजलासमा रिट निवेदक डा. प्रेमराज सिलवालले प्रारम्भिक बहस सुरु गरेका छन्। त्यस्तै वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई र शेरबहादुर केसी पनि सुनुवाइमा सहभागी भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए। सो निर्णयविरु
काठमाडौं— जेनजी प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौं उपत्यकाबाहिरको क्षतिको विवरण संकलन कार्य सुरु गरेको छ ।आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलगायतको टोलीले काठमाडौं उपत्यका बाहिरको क्षतिको विवरण संकलन कार्य सुरु गरेको हो । आयोगले क्षतिको विवरण पठाउन यसअघि नै आग्रह गरे पनि प्रत्यक्ष अवलोकन गरेर विवरण संकलन कार्य सुरु गरेको आयोगका अध्यक्ष कार्कीले बताए । रौतहट, बारा र पर्सामा जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको वस्तुस्थिति बुझ्न अध्यक्ष कार्कीले जिम्मा लिएका छन् । सो क्रममा उनी आज वीरगंज पुगेका छन् । आयोगका अध्यक्ष कार्कीले बाह्रखरीस
काठमाडौं— नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादीबीचको एकता समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थानविन्दु बन्नुपर्ने बताएका छन्।दुई पार्टी विभाजन नहुने गरी एकता प्रक्रियामा सामेल हुने सुनिश्चित गरेर मात्र अघि बढ्नुपर्ने उनको भनाइ छ। त्यसैले यसमा हतार नगरी धैर्यतापूर्वक प्रयत्न गर्न उनले अपिल गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत श्रेष्ठले भनेका छन्, ‘हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔँ।’यस्तो छ, उनको पूरा भनाइ-नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक(सांस्कृतिक रूपा
काठमाडौं— नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको जानकारी दिएको हो ।सिआईबीले भट्टचनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ । उनीविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि नै जाहेरी दिएकी थिइन् ।विगतमा प्रहरी कार्यालयहरूले जाहेरी लिन नमानेपछि लामाले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएकी थिइन् । २
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार दक्षिण कोरिया पुगेका छन् । दक्षिणपूर्वी सहर ग्योंग्जुमा आयोजना भइरहेको एशिया–प्रशान्त आर्थिक सहकार्य (एपीईसी) शिखर सम्मेलनका अवसरमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युंगसँग उच्चस्तरीय वार्ता गर्ने तयारी गरेका छन् ।ट्रम्प बुधबार बिहान टोकियोबाट एयर फोर्स वनमार्फत उडेर दक्षिण कोरियाको बुसानस्थित गिमहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनका संचार सल्लाहकार तथा राष्ट्रपति विशेष सहायक मार्गो मार्टिनले सामाजिक सञ्जाल ‘एक्स’ मा साझा भिडियोमार्फत एयर फोर्स वनलाई दुई अमेरिकी र दुई कोरियाली एफ–१६ लडाकु
काठमाडौं— नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे मिराकल पार्टी प्यालेस, सुकेधारामा बस्न लागेको हो । बैठकमा पार्टी पार्टी एकताको विषय, वर्तमान परिस्थिति दायित्व राजनीतिक समसायायिक विषयबस्तुको छलफल गरिने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । बैठक आगामी शुक्रबारसम्म बस्ने छ ।
काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत आलोचकप्रति टिप्पणी गरेका छन् ।‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस, एमालेकै कार्यकर्ताबाट आगजनी गरिएको उनको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् ।उनले फेसबुकमा लेखेका छन्, “‘चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”'मेयर बालेनको फेसबुक स्टाटस'तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्,यो देश विदेशीले बिगार्यो,भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ,अरूलाई एजेन्ट भन्छौ !!!आन्दोलनमा
वीरगञ्ज— जनता समाजवादी पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रबर्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ‘विराट कुस्ती प्रतियोगिता–२०८२’ को उद्घाटन गर्दै उनले नेपालको मौलिक खेलकुद संस्कृति हराउँदै गएको वर्तमान परिवेशमा यस्ता प्रतियोगिताले स्थानीय पहिचान र परम्परालाई जोगाउने कार्यमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।उनले भने, ‘कुस्ती हाम्रो इतिहास, संस्कार र शारीरिक क्षमताको प्रतीक हो । यसले युवामा अनुशासन, साहस, आत्
काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आज दिउँसो आयोगमा पुगेर उनी नेतृत्वको पार्टिले दल दर्ताका लागि निवेदन दिएको हो ।प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गरेका छन् । सोही क्रममा प्रकाण्डले निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया जसरी सुरु भयो यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधान र परिवर्तनमा विशेष स्थान राख्ने बताए ।उनले भने, ‘आज हामीले जसरी निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया सुरु
काठमाडौं— नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारमा गएर गल्ती गरेको बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘संसद् पुनस्र्थापना कि निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि २३ गते कांग्रेसले समर्थन फिर्ता लिएको भए सबैभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना हुनेमा केपी ओलीको ब्ल्याकमेलिङमा परेर शेरबहादुर देउवाले प्रधानमन्त्री हुने मौका गुमाएको बताए ।उनले भने,‘यदि प्रचण्ड नेतृत्वको सरकारलाई यथावत राख्ने हो भने आरजु देउवा पनि थुनिने डर भयो र अरु–अरु नेताहरु पनि थुनिने डर भयो । त्यसकारण
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.