काठमाडौं। राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत देखिएको छ। जनमत पार्टीले पुराना दलहरूको विकल्पका रूपमा नयाँ राजनीतिक शक्ति निर्माण गर्न पहल थालेको छ। श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) जस्ता दलहरूसँग सहकार्य गर्दै ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठन गर्ने निर्णय जनमतले गरेको हो।

मोर्चाबन्दीको प्रयास मात्र नभई आगामी दिनमा पार्टी एकीकरणसम्म पुग्न सक्ने दृढ संकल्पका साथ अगाडि बढिएको जनमतले जनाएको छ ।  यसका लागि पार्टीले नरेन्द्र चौधरीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। टोलीमा जयकान्त राउत र प्रमोदकुमार गुप्ता सदस्य छन्।