मनोरञ्जन

    Showing 2,621-2,630 of 2,830 items.
  • निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

    बिर्तामोड / चलचित्र निर्माता तथा निर्देशक सुर्दशन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलात्कार आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न थापालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले बानेश्वर प्रहरी वृत्तमा लगेको हो । अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । थापा शाह अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हुन् ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 204 पटक पढिएको
  • अभिनेता शाहलाई पक्राउ गर्न प्रहरीको आन्तरिक सर्कुलर

    काठमाडौं  / नाबालिकामाथि बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीले आन्तरिक सर्कुलर जारी गरेको छ।बुधबार एक नाबालिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी दिएसँगै शुक्रबार प्रहरी प्रधान कार्यालयले शाहलाई जतिसक्दो चाँडो पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो।शाहलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरू सक्रिय रहेको बताइएको छ।अपराध महाशाखाका एक अधिकृतका अनुसार तनहुँ प्रहरीले शाहको खोजीका लागि लिखित र मौखिक दुबै अनुरोध पठाएको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 126 पटक पढिएको
  • बलात्कार मुद्दाबारे पल शाहले दिए यस्तो प्रमाण

    काठमाडौं / बलात्कार आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले आफुलाई फसाउन नियोजित ढङ्गले सड्यन्त्र गरीएको बताएका छन् ।उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका हुन् । उनले बिहीबार बिहान आफ्नो फेसबुक आइडीमार्फत अडिओ ‘प्रमाण’सहित आफू निर्दोष भएको पनि जिकिर गरेका छन् ।कलाकार पल शाहबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 174 पटक पढिएको
  • म विरुद्ध षड्यन्त्र भएको हो : पल शाह

    काठमाडौं / नायक पल शाहले आफूविरुद्ध षड्यन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् ।एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सञ्जालमार्फत आफू माथि नियोजित र षड्यन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् ।उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षड्यन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईँलाई समेत मुछेका छन् । उनले उनीहरूको अडियो क्लिपसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका छन् । 

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 119 पटक पढिएको
  • अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

    झापा / अभिनेता  पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ ।१७ वर्षीया एक गाइकाले आज (बुधबार) शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता गराएकी हुन् ।  शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको स्रोतले जनाएको छ ।ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्।तर कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएको बताइएको छ मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 247 पटक पढिएको
  • कलाकार जयनन्द लामाको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार तथा लोकगायक जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नु भएका छन् ।  कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको भन्दै राष्ट्रपति भण्डारीले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।यसैगरी, प्रधानमन्त्री देउवाले पनि सामाजिक सञ्जालमार्फत् ‘कलाकार लामाको निधनप्रति दुःख व्यक्त गरेका हुन् । कलाकार लामाको असामयिक निधनबाट मुलुकले गीतसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको भन्दै प्रधानमन्त्री देउवाले दिवङ्गत आत्माप्रत

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 124 पटक पढिएको
  • रहेनन् कलाकार जयनन्द लामा

    काठमाडौं / लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । हाँस्य टेलीश्रृंखला हल्का रमाइलोकी कलाकार अनिता बस्नेत (मास्टर्नी) का अनुसार बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको हो ।सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । साथै उने थुप्रै मौलिक लोकगीत गाएका छन् । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए । 

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 182 पटक पढिएको
  • अभिनेता रामचरण सहितको टोली नेपाल आउने

    बिर्तामोड / अभिनेता रामचरण सहितको टोली यही फेब्रुअरी २८ मा नेपाल आउने भएको छ । विदेशी चलचित्र छायांकनको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिका प्रमुख सुरज आचार्यले जानकारी दिए । साउथ सुपरस्टार रामचरणको नयाँ चलचित्रको छायांकनका आउन लागेको हो ।चलचित्रको छायांकन काठमाडौं, मनाङ र मुस्ताङमा गरिने जनाइएको छ । चलचित्रको छायांकन भने अप्रिलदेखि गर्ने निर्माणपक्षले जानकारी दिएको आचार्यले बताए ।तीन/चार महिनाअघि नै नेपालमा रामचरणको चलचित्र छायांकन गरिने भनिएपनि हिउँ परेका कारण रोकिएको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 150 पटक पढिएको
  • एउटा दाँतको मूल्य २४ लाख तोके पछि

    एजेन्सी / सुन्दा अचम्म लाग्न सक्छ अमेरिकाकी एक मोडलको दाँतको मूल्य उनका एकजना प्रशंसकले एउटा २४ लाख तोकेका छन् ।एली रे नामकी ती मोडलले सामाजिक सञ्जाल मार्फत यो विचित्रको अनुभव सुनाएकी हुन् । एलीका एक प्रशंसकले उनको दाँत मागेका थिए । बेलायती पत्रिका ‘डेली स्टार’ का अनुसार ती प्रशंसकलाई एलीको दाँत निकै मन परेको थियो । दाँतका लागि ती व्यक्ति एलीलाई मोटो रकम तिर्न समेत राजी भए र उनले दाँत किन्ने जिद्धि गरे ।उनले एलीको एउटा दाँतको मूल्य २४ लाख तोके । त्यतिमात्रै नभई दाँत झिक्नका लागि र अर्को नयाँ दाँत बनाउन पनि ती व्यक्ति सबै खर्च समेत व्यहोर्ने राजी भए । आफ्नो प्रशंसकको यो कुरा सुनेपछि एली स्तब्ध

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 122 पटक पढिएको
  •  रोशा फूयाल सँगको रमाइलो कुराकानी 

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 100 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.