तनहुँ  / नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका कलाकार पल शाहविरुद्ध दायर मुद्दामा थुनछेक बहस सुरु भएको छ । 

अदालतमा शाहको बयान सकिएपछि जिल्ला अदालत बुधबार दिउँसोदेखि पीडित पक्षका कानुन व्यवसायीहरूले बहस सुरु गरेका हुन् । 

OM Sai Pathibhara Hospital

बुधबार पीडितको तर्फबाट सात जना कानुन व्यवसायीले बहस गरेको श्रेष्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । 

कुँवरका अनुसार जिल्ला न्यायाधिवक्ता रामचन्द्र पौडेल, अधिवक्ताहरू राधिका खतिवडा, किशोर सापकोटा, मोहना अन्सारी, टेकनारायण गौतम, सरिता तिवारी, विनोदप्रसाद लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले पीडितका तर्फबाट बहस गरेका हुन् । 

त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ताहरू परशुराम गिरी, भानुभक्त सुवेदी र वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बहस गरेका थिए । वाग्लेको बहस बुधबार नटुङ्गिएकाले उनले आज (बिहीबार) पनि बहस गर्ने छन् ।