काठमाडौँ / यतिबेला  बलिउड अभिनेत्री आलिया भट्ट र उनका प्रेमी रणवीर कपुरको बिहेलाई लिएर नयाँ खबर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले अक्टोबर २०२२ मा विवाह गर्दैछन्

तर बिहेलाई लिएर उक्त जोडीबाट औपचारिक जानकारी भने बाहिर आएको छैन । कोरोना महामारीले गत वर्ष गर्ने भनिएको बिहे पोस्टपोन्ड भएको थियो । त्यसपछि यस वर्षको अप्रिलमा बिहे गर्ने बताइएको थियो ।

OM Sai Pathibhara Hospital

कपुर र भट्ट परिवार स्रोतले अक्टोबरमा बिहे गर्न सोहीअनुसार तयारी गरिरहेको दैनिक भास्करले जनाएको छ । पाली हिलमा बन्दै गरेको घरको निर्माण सकिएपछि मात्र बिहे गर्ने उनीहरूको योजना रहेको बताइएको छ ।
रणवीर र आलिया अभिनीत फिल्म ‘ब्रम्हास्त्र’ रिलिजको तयारीमा छ ।