एजेन्सी / बंगाली फिल्मकी अभिनेत्री रूपा दत्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई चोरीको आरोपमा पक्राउ गरेको हो । 

रुपामाथि इन्टरनेसनल कोलकाता बुक फेयरबाट पैसा चोरेको आरोप लागेको छ । प्रत्यक्षदर्शीका अनुसार एक महिलाले फोहोरको डिब्बामा एक ब्याग फ्याँकेको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

OM Sai Pathibhara Hospital

प्रहरीले तत्कालै महिला र ब्यागमाथि छानबिन गर्दा उनी अभिनेत्री रूपा दत्ता रहेको खुलेको हो । ब्यागमा उक्त ७५ हजार रुपैयाँ भेटिएको थियो । प्रहरीले अभिनेत्री रूपालाई हिरासतमा लिएपछि उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको छ ।

यो घटना शनिबार राति भएको हो ।