बिर्तामोड / यस वर्षको विश्व सुन्दरी (मिस वर्ल्ड) को ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितेकी छन् । नेपाली समय अनुसार आज बिहान अमेरिकाको पुएट्रोरिकोस्थित सानज्वाँ शहरमा सम्पन्न मिस वल्र्डको फाइनलमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै क्यारोलिना मिस वर्ल्ड बनेकी हुन ।
प्रतियोगितामा अमेरिकाकी श्री सैनी फर्स्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको ताज कोट डी आइभोरीकी ओलिभिया यसले जितेकी छन् । मिस वर्ल्डको अन्तिम ३० मा पुगेकी मिस नेपाल नम्रता श्रेष्ठ भने त्यो भन्दा अघि बढ् सकिनन् । कूल ९७ प्रतिस्पर्धी मध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फाइनलमा सहभागी गराइएको थियो ।