एजेन्सी / भारतीय नायिका विद्या बालनको ‘जलसा’ फिल्म शुक्रबारबाट प्रर्दशनमा आएको छ । ड्रामा थ्रिलर फिल्म ‘जलसा’ शुक्रबारबाट प्रर्दशनमा आएको हो ।

यस फिल्मा विद्या बालन, शेफली शाह, मानव कौल, रोहिणी हंटट्गडी, इकबाल खान, विधात्री बन्दी, श्रीकान्त मोहन, शफिन पटेल र सुर्या कसिभटला जस्ता उत्कृष्ट कलाकारहरुको अभिनय रहेको छ । सुरेश त्रिवेणीद्वारा निर्देशित फिल्म ‘जलसा’ अबुदन्तिया इन्टरटेन्मेन्ट र टि सिरिजले संयुक्त रुपमा निर्माण गरेको हो ।

OM Sai Pathibhara Hospital

‘जलसा’ एक शिर्ष पत्रकार र उनको कुकको जिवनमा वर्णन गरिएको संघर्षमा आधारित मनमोहक कथा हो । मन्त्रमुग्ध प्रस्तुति र उत्कृष्ट कथावस्तुले सुसज्जित ‘जलसा’ ले सबैको मन जित्ने अपेक्षा गरिएको छ ।

सुरेश त्रिवेणीले पहिले विद्या बालनसँग ‘तुम्हारी सुलु’ मा काम गरिसकेका छन् । विद्या बालन र प्राइम भिडियो बीच यो तेस्रो सहकार्य हो । प्राइम भिडियो र अबुदन्तिया इन्टरटेन्मेन्ट बीच लामो समयदेखिको सहकार्यमा अब ‘जलसा’ पनि थपिएको छ । ‘जलसा’ भारत र विश्वका २४० देश र क्षेत्रहरुमा अमेजन प्राइम भिडियोमा प्रर्दशन भएको छ ।