बिर्तामोड / चर्चित बैङ्कर रविना देशराज श्रेष्ठ र उनकी बुहारी समेत रहेकी चर्चित नायिका प्रियङ्का कार्कीको परिवारमाथि नेपालमा अवैध मानिएको क्रिप्टो करेन्सीको कारोबार गर्ने गरेको आरोप लागेको छ ।

देशकै ठूला वाणिज्य बैंक मध्ये एक मेगा बैंककी उच्च अधिकारी समेत रहेकी रविनाकी बुहारी नायिका कार्की माथि क्रिप्टो करेन्सीको कारोबार गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सीआइबीले अनुसन्धान र छानविन अघि बढाएको छ ।

OM Sai Pathibhara Hospital

क्रिप्टो कारोबारमा संलग्न रहेको देशकै ठूला बैंक मध्ये एक बैंकका उच्च अधिकारीको परिवारका सदस्यलाई आरोप लागेपछि बैंकिङ क्षेत्र समेत तरंगित भएको छ ।

प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सीआइबीले नायिका कार्कीलाई अनुसन्धानको दायरामा राखेर अनुसन्धान अघि बढाएको ब्युरोका एक अधिकारीले बताएका छन् ।

आइतबार ब्युरो पुगेकी प्रियङ्का कार्कीको बयान लिने काम सुरु भइसकेको बताईएको छ । ति अधिकारीले नेतृ कार्कीले सामाजिक सञ्जाल प्रयोग गरी आफूले क्रिप्टोमा लगानी गरेको भन्दै क्रिप्टोमा लगानी गरे मुनाफा हुने भन्दै प्रचार गरेको पाइएकाले छानविन अघि बढाइएको बताएका छन् ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबारलाई  गैर कानुनी र अवैध भएको भन्दै प्रहरीलाई कारवाही अघि बढाउन निर्देशन दिएकै समयमा कार्कीले प्रचार गरेको पाइएकाले उनलाई अनुसन्धानको दायरामा राखिएको प्रहरी उच्च स्रोतले बताएको छ ।