बिर्तामोड / विद्यार्थीहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि सँगै उद्यमशीलतासँग जोड्न सहजता  पुर्याउने  उद्देश्यले झापाको बिर्तामोडमा ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक एक दिवसीय तालिमको आयोजना गरिएको छ । 

स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा. लि.भिप्रा एड्भरटाइजिङ एन्ड मिडिया प्रा. लि.को संयुक्त आयोजनामा  चैत २६ गते शनिवारका दिन तालिमको आयोजना गरिएके हो । एसइइ उत्तीर्ण गरेका र स्नाकोत्तरसम्मको अध्ययन गर्दै गरेका विद्यार्थीलाई लक्षित गर्दै नेतृत्व विकास, क्षमता अभिवृद्धि र उद्यमशीलता सम्बन्धी तालिमको सहजीकरण सन्दिप क्षेत्रीले गर्ने छन् । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका क्षेत्रीले सहजीकरण गरेको तालिममा सहभागीले आफूमा भएको  क्षमतालाई अभिवृद्धि गर्दै आगामी दिनमा आफ्नो जीवनलाई कुन दिशामा लाने  र कसरी आफ्नो जीवनलाई अघि बढाउने भन्ने विषयको निक्र्यौल गर्न सहज हुने आयोजकको विश्वास रहेको छ । 
तालिम चैत २६ गते शनिबारका दिन बिहान ११ बजेदेखि ४ बजेसम्म बिर्तामोडस्थित सिटी सेन्टरको सभाहलमा हुने छ । 
कार्यक्रममा सहभागीहरूले निकट भविष्यमा कुनै व्यवसाय सञ्चालनको तयारी गरिरहेको र उनीहरूलाई व्यवसाय प्रवर्धनमा कसरी अघि बढ्न सकिन्छ भन्ने कुराको समेत ज्ञान प्रदान गरिने आयोजकले जनाएको हो । 

कार्यक्रममा सहभागिता जनाउने मध्ये विद्यार्थी वर्गलाई पाँचसय रुपैयाँ र अन्यलाई एक हजार रुपैयाँ टिकटको व्यवस्था गरिएको बताइएको छ ।