काठमाडौँ / भारतमा फिल्म निर्देशक लव रञ्जनले निर्देशन गरेको फिल्ममा कामदारले पारिश्रमिक नपाएपछि फिल्मको सुटिङ सेटमा गरे तोडफोड गरेका छन् । निर्देशक रञ्जनले निर्देशन गरेका एक बेनामे फिल्मको सुटिङ सेटमा केही व्यक्तिले तोडफोड गरेका हुन् । निर्देशकले गत वर्ष अक्टोबरमा ‘चारकोप’ ‘कान्दीवली’मा एक गीतमा काम गरेको र  त्यो पैसा अहिलेसम्म नपाएको कामदारले जनाएका छन् ।

निर्देशक रञ्जनले करिब ३ सय ५० व्यक्तिलाई पारिश्रमिक दिएका छैनन् र यसको कुल मूल्य १ दशमलब २ करोड रुपैयाँ पर्दछ । प्रहरीले कामदारले सुटिङ सेटमा तोडफोड गरेको सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा ल्याएको थियो । त्यसपछि वर्कस युनियनले चौकीमा पुगेर सबै कामदारलाई बाहिर ल्याएको थियो । निर्देशक रञ्जनले भने अहिलेसम्म यो मामलामा केही बोलेका छैनन् । रणवीर र श्रद्धाको मुख्य अभिनय रहको एक बेनामे फिल्म रोमान्टिक ड्रामामा आधारित छ । यो फिल्म आगामी वर्षको मार्च ८ मा रिलिज हुँदैछ । 

OM Sai Pathibhara Hospital