अपराध

    Showing 2,071-2,080 of 2,232 items.
  • अस्पतालको शौचालयबाट कैदी फरार

    झापा— जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्। फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ। झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन्।त्यहाँ उपचाररत साहलाई आज बिहान ३:४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीले जनाएको छ ।  छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बता

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 432 पटक पढिएको
  • मिना हत्या प्रकरण : सबै प्रतिवादी पुर्पक्षका लागि थुनामा

    काठमाडौं–म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। म्याग्दी जिल्ला अदालतले मंगलबार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सुनुवाइ गर्दै उनीहरूलाई मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म थुनामा राख्न आदेश दिएको हो ।अदालतको आदेशअनुसार मिनाका प्रेमी राम खत्री, उनकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाइ रोजन खत्री, र आफन्त श्याम खत्रीलाई म्याग्दी जिल्ला कारागारमा पठाइएको छ। उनीहरूविरुद्ध सरकारी वकिल कार्यालयमार्फत ज्यानसम्बन्धी कसुरमा अभियोग दर्ता गरिएको थियो।मिना परियार ८ महिनादेखि बेपत्ता रहिएकी थिइन्। उनको

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 588 पटक पढिएको
  • मुना पाण्डे हत्या प्रकरण : आमा अनिताले अमेरिका जान भिसा पाइन्

    काठमाडौं–अमेरिकाको ह्युस्टनमा गोली हानी हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेकी आमालाई अमेरिकाले भिसा दिएको छ । आमा अनिता पाण्डे अधिकारीले अमेरिका जानको लागि भिसा प्राप्त गरेकी छिन् । छोरीको हत्यापछि विक्षिप्त अनिताले भिसाका लागि आवेदन दिएकी थिइन् । मुनाकी एकल आमालाई आर्थिक सहायताका लागि नेपाली समूदायले अभियान पनि चलाए । उनको मामा छोरा सुरेश अधिकारीले अनिता बिहीबार अमेरिका जान तयारीमा रहेको बताए । मुना पाण्डे २०२१ मा ‘इन्टरनेसनल स्टुडेन्ट’को रुपमा अमेरिका गएकी थिइन् । उनको शव ११ भदौमा गोली लागेको अवस्थामा भेटिएको थियो । प्रहरीले हत्याको आरोपमा बबी सिंह शाहलाई पक्राउ गरेको छ । हत्याको

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 547 पटक पढिएको
  • मुना पाण्डे हत्या प्रकरण‚ आरोपित बबी सिंह शाह पक्राउ

    काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या भएको घटनामा नयाँ अपडेट आएको छ । हत्याको आरोपमा प्रहरीले ५१ वर्षीय बबी सिंह शाहलाई पक्राउ गरेको हो । पाण्डेको शव सोमबार साँझ उनको अपार्टमेन्टमा पाइएको थियो । उनको शरीरमा धेरै गोली लागेको थियो । प्रहरीले अनुसन्धानका क्रममा पाण्डेको अपार्टमेन्टबाट निस्कने एक व्यक्ति देखिएको सिसिटिभी फुटेजबाट शाहलाई पहिचान गरेको थियो । शाहलाई बुधबार साँझ ह्युस्टनको उत्तरपश्चिममा ट्राफिक जाँचका क्रममा पक्राउ गरिएको हो । ह्युस्टन प्रहरी विभागको स्व्याट टोली‚ अपराध न्यूनीकरण शाखा र टेक्सास सार्वजनिक सुरक

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 860 पटक पढिएको
  • नेपाली विद्यार्थी मुनाको हत्यामा संदिग्ध पक्राउ

    काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्यामा संदिग्ध पक्राउ परेका छन् । प्रहरीले बुधबार साँझ एक ट्राफिक चेक जाँचका क्रममा संदिग्धलाई पक्राउ गरेको हो । स्थानीयको सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ । संदिग्धको पहिचान भने अझै खुलाइएको छैन । प्रहरीले संदिग्धको बयान पनि लिइसकेको स्थानीय सञ्चारमाध्यले जानकारी दिएका छन् । यसअघि प्रहरीले सीसीटीभी फुटेजबाट खिचिएको संदिग्धको फोटो सार्वजनिक गरेको थियो । मुना सोमबार साँझ आफ्नो ह्युस्टन अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले घटनास्थलमा पुग्दा उनको छातीमा गोली लागेको पाइएको थियो

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 605 पटक पढिएको
  • ह्युस्टनमा नेपाली विद्यार्थीको हत्या‚ प्रहरीद्धारा संदिग्धको फोटो सार्वजनिक

    काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको घटनामा प्रहरीले संदिग्धको फोटो सार्वजनिक गरेको छ । संदिग्धको पहिचान भने अझै खुलेको छैन ।सीसीटीभी फुटेज अनुसार संदिग्ध स्थानीय समयानुसार शनिबार‚ अगस्ट २४ मा राति ९:४८ बजे घटनास्थलमा पुगेको देखिन्छ । फोटो सार्वजनिक भए पनि संदिग्ध पक्राउ परेको छैनन् । प्रहरीले अनुसन्धान जारी राखेको छ । संदिग्ध ती अमेरिकी युवक होइन‚ जोसँग मुना प्रेम सम्बन्धमा थिइन् ।मुना सोमबार साँझ आफ्नो ह्युस्टनस्थित अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरी घटनास्थलमा पुग्दा उनको छातीमा गोली लागेको थियो ।ह्युस्टन प्रहर

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 539 पटक पढिएको
  • शंखमुलमा पुल हाउस सञ्चालकको हत्या, २२ वर्षीय युवक पक्राउ

    काठमाडौं–काठमाडौं महानगरपालिका–१० शंखमुल साईबाबा पार्कस्थित पुल हाउसका सञ्चालक रूपक बान्तवाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । सोही ठाउँमा डेरा गरी बस्ने बारा सिम्रौनगढ नगरपालिका–७ घर भएका २२ वर्षीय एमके कुमारलाई प्रहरीले हत्या अभियोगमा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार कुमारले सोमबार बिहान रड प्रहार गरी बान्तवालाई गम्भीर घाइते बनाएका थिए । बान्तवाको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले कुमारलाई उनकै डेराबाट पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 697 पटक पढिएको
  • दुई घटनामा २ करोड ८० लाखभन्दा बढी ठगी, ५ जना पक्राउ

    काठमाडौं–आकर्षक तलबको प्रलोभनमा ग्रिस, अल्वानियाँ, पोर्चुगल, युके र माल्टा लगायतका देशहरूमा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । दाङका देव सुनार र भीम सुनार‚ पाल्पाका सुमन थापा‚ र कालीकोटका कन्नजित राउत समातिएका हुन् । उनीहरूले ९ जना पीडितबाट ९५ लाख ३४ हजार रुपैयाँ ठगी गरेको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले देव र भीमलाई कञ्चनपुरको गड्डाचौकीबाट‚ सुमनलाई काठमाडौंको टोखा नगरपालिका–३ बाट‚ र कन्नजितलाई काठमाडौंको पशुपतिबाट पक्राउ गरेको हो । पीडितहरूका उजुरीको आधारमा प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरी वैदेशिक रोजगार विभ

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 641 पटक पढिएको
  • खुकुरी प्रहार गरेर हत्या : एक जना पक्राउ

    काठमाडौं–सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेका छन् ।प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार‚ बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ की ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीया छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएकी छिन् ।घाइते आमाछोरीलाई उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारका क्रममा इनिसा साहीको मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 482 पटक पढिएको
  • अमेरिकामा भोजपुरकी मुना पाण्डेको हत्या

    काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ । मृतक २१ वर्षीया मुना पाण्डे हुन् ।सोमबार साँझ आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी पाण्डेको छातीमा गोली लागेको ह्युस्टन प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाको अनुसन्धान भइरहेको छ । हालसम्म कुनै संदिग्ध पक्राउ परेका छैनन् ।नेपालको भोजपुर घर भएकी पाण्डे २०२१ मा अमेरिका आएर ह्युस्टन कम्युनिटी कलेजमा स्नातक तहको अध्ययन गरिरहेकी थिइन् । स्थानीय सञ्चारमाध्यका अनुसार एकल आमा अनिता पाण्डे अधिकारीकी छोरी मुना एक अमेरिकी युवकसँग प्रेम सम्बन्धमा थिइन् । पछिल्लो समय आफ्नो सम्बन्धलाई लिएर

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 898 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.