काठमाडौं–काठमाडौं महानगरपालिका–१० शंखमुल साईबाबा पार्कस्थित पुल हाउसका सञ्चालक रूपक बान्तवाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । सोही ठाउँमा डेरा गरी बस्ने बारा सिम्रौनगढ नगरपालिका–७ घर भएका २२ वर्षीय एमके कुमारलाई प्रहरीले हत्या अभियोगमा नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार कुमारले सोमबार बिहान रड प्रहार गरी बान्तवालाई गम्भीर घाइते बनाएका थिए । बान्तवाको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको थियो।

OM Sai Pathibhara Hospital

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले कुमारलाई उनकै डेराबाट पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।