काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्यामा संदिग्ध पक्राउ परेका छन् । प्रहरीले बुधबार साँझ एक ट्राफिक चेक जाँचका क्रममा संदिग्धलाई पक्राउ गरेको हो ।

स्थानीयको सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ । संदिग्धको पहिचान भने अझै खुलाइएको छैन । प्रहरीले संदिग्धको बयान पनि लिइसकेको स्थानीय सञ्चारमाध्यले जानकारी दिएका छन् । यसअघि प्रहरीले सीसीटीभी फुटेजबाट खिचिएको संदिग्धको फोटो सार्वजनिक गरेको थियो ।

OM Sai Pathibhara Hospital

मुना सोमबार साँझ आफ्नो ह्युस्टन अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले घटनास्थलमा पुग्दा उनको छातीमा गोली लागेको पाइएको थियो । भोजपुर मुना २०२१ मा ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।