काठमाडौं–अमेरिकाको ह्युस्टनमा गोली हानी हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेकी आमालाई अमेरिकाले भिसा दिएको छ । आमा अनिता पाण्डे अधिकारीले अमेरिका जानको लागि भिसा प्राप्त गरेकी छिन् । छोरीको हत्यापछि विक्षिप्त अनिताले भिसाका लागि आवेदन दिएकी थिइन् । मुनाकी एकल आमालाई आर्थिक सहायताका लागि नेपाली समूदायले अभियान पनि चलाए । 

OM Sai Pathibhara Hospital


उनको मामा छोरा सुरेश अधिकारीले अनिता बिहीबार अमेरिका जान तयारीमा रहेको बताए । मुना पाण्डे २०२१ मा ‘इन्टरनेसनल स्टुडेन्ट’को रुपमा अमेरिका गएकी थिइन् । उनको शव ११ भदौमा गोली लागेको अवस्थामा भेटिएको थियो । प्रहरीले हत्याको आरोपमा बबी सिंह शाहलाई पक्राउ गरेको छ । हत्याको वास्तविक कारण खुलिसकेको छैन । प्रहरीले लुटपाटका लागि हत्या गरिएको प्रारम्भिकरुपमा बताए पनि भित्रि कारण अरु पनि हुन सक्ने अनुमान गरिएको छ ।