काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या भएको घटनामा नयाँ अपडेट आएको छ । हत्याको आरोपमा प्रहरीले ५१ वर्षीय बबी सिंह शाहलाई पक्राउ गरेको हो । 

पाण्डेको शव सोमबार साँझ उनको अपार्टमेन्टमा पाइएको थियो । उनको शरीरमा धेरै गोली लागेको थियो । प्रहरीले अनुसन्धानका क्रममा पाण्डेको अपार्टमेन्टबाट निस्कने एक व्यक्ति देखिएको सिसिटिभी फुटेजबाट शाहलाई पहिचान गरेको थियो । 

OM Sai Pathibhara Hospital

शाहलाई बुधबार साँझ ह्युस्टनको उत्तरपश्चिममा ट्राफिक जाँचका क्रममा पक्राउ गरिएको हो । ह्युस्टन प्रहरी विभागको स्व्याट टोली‚ अपराध न्यूनीकरण शाखा र टेक्सास सार्वजनिक सुरक्षा विभागले संयुक्त रूपमा शाहलाई पक्राउ गरेका थिए । 

पाण्डे एक नर्सिङकी विद्यार्थी थिइन् । उनको मृत्युले अमेरिकास्थित नेपाली समुदायमा शोकमा छ । पाण्डेकी आमा अनिता अधिकारीलाई ह्युस्टन आउने र अन्त्येष्टि खर्चका लागि एक गोफन्डमी अभियान सुरु गरिएको छ । 

लुटपाटको उदेश्यसहित हत्या भएको भनिएपनि विस्तृत रुपमा अझैं खुल्न सकेको छैन । पक्राउ परेका सिंहमाथि २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्यको अभियोग दायर गरिएको छ । ह्यारिस काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयलाई सम्पर्क गरी उनीविरुद्ध जघन्य हत्याको आरोप लगाइएको हो ।