काठमाडौं । लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् ।दक्षिणकाली नगरपालिका(५ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५६० मिलिग्रामसहित काठमाडौं नैकाप बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका(६ घर भएका २६ वर्षीय अहमद अलिलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जीतपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना।१ ज ३८८७ नम्बरको सुमोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका(११ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका(८ झलारी बस्ने २३ वर्षीय धिरेन्द्र महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका(४ बसचोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७५० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका(५ बस्ने ३३ वर्षीय प्रेम बहादुर विक र ४३ वर्षीय अर्जुन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को।२८ प १३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




































