काठमाडौं–सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा सङ्खुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेका छन् ।

प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार‚ बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ की ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीया छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएकी छिन् ।

OM Sai Pathibhara Hospital

घाइते आमाछोरीलाई उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारका क्रममा इनिसा साहीको मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।