झापा— जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्। फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ। 

झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन्।

OM Sai Pathibhara Hospital

त्यहाँ उपचाररत साहलाई आज बिहान ३:४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीले जनाएको छ ।  छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ।