काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ ।गएराति भएको खेलमा लण्डन क्लब चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले दोस्रो हाफमा शानदार गोल गरेका थिए । उनले ६८औं मिनेटमा बाइसाइकल किमार्फत गोल गरेका हुन् ।जिरुडको गोललाई रेफ्रीले सुरुमा अफसाइड दिए पनि पछि भिएआर रिभ्यु मार्फत गोलले मान्यता पाएको हो ।
बिर्तामोड । शक्तिशाली हिमआँधी आउँदा अमेरिकामा अहिलेसम्म २० जनाको ज्यान गएको छ। टेक्सास, केन्टुकी, नर्थ क्यारोलिना र मिजौरीलगायत राज्यहरूमा आँधीले निकै असर गरेको छ। विद्युत प्रवाह, फोन नेटवर्क र यातायात सेवा ठप्प भएको छ।स्थानीय मिडियाहरूले गरेको अपडेटअनुसार हिमआँधीमा परी अहिलेसम्म २० जनाको मृत्यु भएको र लाखौं मानिसहरू सञ्चार सम्पर्कविहीन भएकाले उनीहरूको अवस्था थाहा पाउन नसकेको स्रोतले जनाएको छ ।अत्यधिक चिसो बढेको, तर हिमआँधीका कारण विद्युत कटौती हुँदा निकै सकस परेको छ। सडकदेखि घरसम्म जताततै आँधीमा आएको हिउँ थुप्रिएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.