काठमाडौं / दक्षिण कोरियामा आज राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँ राष्ट्रपति चयनका लागि कोरियालीहरू मतदानमा सहभागी भइरहेका छन् ।

उत्तर कोरियाबाट आइरहेको आणविक धम्की, देशभित्र जन्मदरको न्यून अवस्था, आवासको बढ्दो मूल्य र समाजमा बढ्दो असमानता नयाँ आउने नेतृत्वका लागि चुनौतीको रुपमा रहने अनुमान लगाइएको छ ।

OM Sai Pathibhara Hospital

एशियाको चौथो ठूलो अर्थतन्त्र भएको देश उत्तर कोरियाको नेतृत्वका लागि सत्तारुढ डेमोक्रेटिक पार्टीका ली जे म्योङ र विपक्षी पिपुल्स पावर पार्टीका युन सुक योलबीच चर्को प्रतिष्पर्धा हुने देखिएको छ ।

मत सर्वेक्षणहरुले म्योङ भन्दा युनलाई अगाडि देखिएको छ । पूर्व महाअभियोजक रहेका युनले भ्रष्टाचार विरुद्ध कठोर कदम चाल्ने, उत्तर कोरियासँग पनि कठोर नीति लिने जस्ता नारा अघि सारेका छन् ।

दुई जना पूर्व राष्ट्रपति र सामसुङ कम्पनीका प्रमुखलाई भ्रष्टाचार मुद्दामा जेल पठाउन सफल युनको लोकप्रियता अलि बढी नै देखिएको छ । 

मजदुरबाट उठेर मानवअधिकार अभियन्ताको परिचय बनाएका सत्तारुढ पार्टीका उम्मेदवार लीले अहिलेको समस्या समाधानका लागि तल्लो तहबाट उठेको व्यक्ति आवश्यक हुने तर्क गर्दै आएका छन् ।