काठमाडौं / दक्षिण कोरियाका विपक्षी पार्टीका उम्मेदवार यूङ सुक योल आगामी कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
बुधबार भएको निर्वाचनमा अहिलेसम्मकै धेरै मानिसले मतदान गरेका थिए भने बिहीबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार यूङ सुक योलसँग सत्तारुढ पार्टीका ली जाइ म्युङ पराजित भएका हुन् ।
आगामी राष्ट्रपतिको लागि भएको निर्वाचनमा जित हात पारेसँगै यूङ सुक योलले यो जित दक्षिण कोरियाका जनताहरूको रहेको बताएका छन् । योग्य मतदातामध्ये ७५ प्रतिशतभन्दा धेरैले निर्वाचनमा मतदान गरेका थिए भने अमेरिकाका राष्ट्रपति जो बाइडेनले यूङलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।