एजेन्सी / रुस र टर्कीका विदेशमन्त्रीको टर्कीमा आगामी बिहीबार भेट हुने भएको छ । उक्त भेट बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा  आयोजना गर्न लागेको सो फोरमको अवसरमा रुस र युक्रेनका विदेशमन्त्री बीचमा भेटघाट हुन लागेको हो ।

सो फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभ र युक्रेनका विदेशमन्त्री मेभलुट काभुस्गलु अन्तलाया जाने भएका छन् । रुसी विदेशमन्त्री लाभरोभले आफू सो कूटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारी दिँदै त्यस अवसरमा युक्रेनका विदेशमन्त्रीसँग भेटघाट हुने जानकारी दिएको बताएका छन् ।

OM Sai Pathibhara Hospital

उता युक्रेनी विदेशमन्त्री मेभलुटले पनि सो फोरममा आफू जान लागेको भन्दै रुसी विदेशमन्त्रीसँग भेट हुने जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।