एजेन्सी / रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण महिला र बालबालिकाहरूको व्यापक मानवअधिकार उल्लंघन भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले आज विरोध प्रदर्शन गरेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रूपन्देहीको बुटवलमा भएको विरोध प्रदर्शनमा रुसलाई तत्काल युद्ध रोकेर मानवअधिकारको सम्मान गर्न आग्रह गरिएको छ । 

OM Sai Pathibhara Hospital

प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथि रुसी आक्रमणका कारण लाखौं विस्थापित तथा शरणार्थी भएको जनाएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर आज समाजको काठमाडौँ शाखाले ‘रुस युक्रेन युद्ध : महिला र बालबालिका सङ्कटमा’ विषयक विचार गोष्ठी सहित बिहान आधा घण्टा प्रदर्शन पनि गरेको थियो ।