काठमाडौं / युक्रेनले रुसी आक्रमण विरुद्ध लड्न विदेशी स्वयंसेवकहरूलाई आह्वान गरेको थियो। त्यसका लागि करिब ३,००० अमेरिकीले जवाफ दिएको वाशिङ्टन डिसीस्थित युक्रेनी दूतावासका प्रतिनिधिले भ्वाइस अफ अमेरिका समाचार संस्थालाई बताएका छन् ।

पश्चिमा राष्ट्रहरूले युक्रेनमा लड्नका लागि सेना नपठाए पनि लडाइमा सहयोग गर्न भने हतियार पठाउँदै आएका छन् । उनीहरूले रुस र रुसी नेताहरूविरुद्ध आर्थिक प्रतिबन्धहरू समेत लगाएका छन् ।

OM Sai Pathibhara Hospital

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूले युद्ध लड्नका लागि सहयोग पुर्‍याउन विदेशी स्वयंसेवकहरूको “अन्तर्राष्ट्रिय सेना” गठन गर्न आह्वान गरेका हुन् । जेलेन्स्कीले लगभग १६,००० विदेशीहरूले युक्रेनलाई केही दिन अघि लडाइँमा मद्दत गर्न स्वयंसेवा गरेको अनुमान गरेका थिए ।