एजेन्सी / युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अनुरोध गरेका छन्।

रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।रुसमा उत्पादित सामग्री बहिष्कार गर्न र त्यहाँको तेल आयात नगर्न समेत उनले अनुरोध गरेका छन् ।

OM Sai Pathibhara Hospital

यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए। रुसी सेनाको हमलामा १०औं हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन्।

रुस र युक्रेन सरकारका प्रतिनिधिबीच तेस्रो चरणको वार्ताको तयारी भएको बीबीसीले जनाएको छ।