विदेश

    Showing 1,431-1,440 of 2,133 items.
  • अफगानिस्तानमा बम विस्फोट हुँदा १० जनाको मृत्यु

    एजेन्सी / अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलको सुन्नी मस्जिदमा शुक्रबार बेलुका विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेहरूको काबुलको विभिन्न अस्पतालमा उपचार भइरहेको समाचार संस्था एएफपीले जनाएको छ । तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 141 पटक पढिएको
  • भारतमा कोरोनाका कारण ६० जनाको मृत्यु

    एजेन्सी / स्वास्थ्य मन्त्रालय भारतमाको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् ।यतिबेला कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६० बिरामीको मृत्यु भएको छ ।भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७, ८०१ पुगेको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 149 पटक पढिएको
  • रुस र युक्रेनबीचको युद्ध : विश्वभर खाद्य संकट बढ्दै

    एजेन्सी / रुस र युक्रेनबीचको युद्धले विश्वभर खाद्य संकट बढ्दै गएको अवस्था छ ।  युद्धका कारण गहुँ, मकै, तोरी जस्ता अन्नहरूको सबैभन्दा संकट परेका छन् ।खाद्य संकट समस्या उत्पन्न भएको बेला खाद्य पदार्थको मूल्यमा व्यापक वृद्धि भइरहेको छ । विश्वका कतिपय देशहरूमा यसको असर परेको छ । यसकारण कतिपय देशहरूको ध्यान भारततर्फ जान थालेको छ । उनीहरु भारतबाट गहुँलगायतका खाद्यान्न आयातको पहल गरिरहेका छन् । इजिप्टले भारतबाट खाद्यान्न आपूर्ति गर्न प्रक्रिया थालिसकेको छ ।यसैगरी, विश्व व्यापार संगठनको सम्मेलनमा भारतका खाद्य तथा आपूर्ति मन्त्रालयका अधिकारी एस जगन्नाथले जोखिममा रहेका आफ्ना नागरिकलाई आफूहरूले खाद्

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 152 पटक पढिएको
  • टवीटर खरिद गर्ने मस्कको कोकाकोला किन्ने घोषणा

    एजेन्सी / विश्व कै ठूला उद्यमी एवम् ठूला धनाड्यको सूचीमा रहेका एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेसँगै उनले कोकाकोला समेत खरिद गर्ने बताएका छन् । टेस्ला मोटर्सका प्रमुख कार्यकारी अधिकृत रहेका एलन मस्कले ४४ बिलियन डलरमा खरिद गरेको ट्विटरमै कोकाकोला खरिद गर्ने भन्दै ट्विट लेखेका हुन् ।उनले कोकाकोला खरिद गरेपछि त्यसमा कोकिन हाल्ने समेत बताएका छन् । मस्कले अर्को एउटा अघिल्लो ट्विटको स्क्रिनसट गर्दै भनका छन्, म अब म्याकडोनाल्ड खरिद गर्नेछु र सबै आइसक्रिम मेसिन ठीक गर्नेछु,’ 

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 158 पटक पढिएको
  • एलनले किने ४४ बिलियन डलरमा ट्विटर

    एजेन्सी / विश्व कै ठूला उद्यमी एवम् ठूला धनाड्यको सूचीमा रहेका एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेका छन् । टेस्ला मोटर्सका प्रमुख कार्यकारी अधिकृत रहेका एलन मस्कले ४४ बिलियन डलरमा ट्विटर कम्पनी किनेका हुन् ।केही दिन अगाडि ट्विटरको ९ प्रतिशत सेयर किनेका एलनले भने अहिले ट्विटरको सबै सेयर किनेका छन् । उनले ट्विटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका छन् ।ट्विटरको सबै सेयर होल्डर्सलाई क्यासमा आकर्षक प्रिमियम प्राप्त हुने भएपछि एलनलाई सेयर बेचेको ट्विटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले बताएका छन् । एलन मस्कले पनि धेरै समसामयिक विषयमा बहस गर्ने माध्यम बनेको ट

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 154 पटक पढिएको
  • नाइजेरियामा विस्फोट :१०० भन्दा बढी मानिसको मृत्यु

    एजेन्सी  / नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जना भन्दा बढीको ज्यान गएको यहाँका अधिकारीहरूले जनाएका छन् । नाइजेरियाका अधिकारीहरूका अनुसार सो तेल प्रशोधन केन्द्र विधिवत रुपमा दर्ता नै नभई अवैध रुपमा सञ्चालन भइ आएको पाइएको बताइएको छ ।इमो प्रान्तका प्रहरी प्रमुखले सो प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति विस्फोटन भएको थियो । त्यस क्रममा काममा रहेका १०० जना भन्दा बढी कर्मचारीको ज्यान गएको छ । उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात् आगलागी भएको र लगत्तै विस्फोट भएको थियो । त्यसमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् ।उक्त केन्द्र प्

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 202 पटक पढिएको
  • २ जना बालबालिका सहित २६ जना सवार डुङ्गा बेपत्ता

    एजेन्सी / जापानको उत्तरी होकाइडो टापु नजिकै २६ जना सवार पर्यटक बोकेको डुङ्गा बेपत्ता भएको कोस्ट गार्डले जानकारी दिएका छन् । यसमध्ये २ जना बालबालिका र २ जना चालक दलका सदस्य रहेका थिए ।स्थानीय समयअनुसार शनिबार १ बजेर १५ मिनेट जाँदा डुङ्गाले पानी पसेर समस्यामा परेको सन्देश पठाएको अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीका अनुसार डुङ्गामा सवार मध्ये चार जनालाई फेला पारेको र उनीहरूलाई उपचारलाई लगिएको छ ।काजु वान नाम डुङ्गा शिरेटोको प्रायद्वीपमा ३ घण्टा लामो दृश्यावलोकनका लागि गएको बताइएको छ । यो क्षेत्र युनेस्कोको सम्पदाको सूचीमा रहेको छ । कोस्ट गार्डले उद्धारका लागि प्रहरी र सेना सहित स्थानीयहरू ख

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 163 पटक पढिएको
  • भारतले बनायो अन्तरिक्ष इँटा

    एजेन्सी / भारतीय विज्ञान संस्था तथा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले अन्तरिक्ष इँटा तयार गरेका छन् । भारतको बैंगलोर स्थित विज्ञान संस्थामा मङ्गल ग्रहमा भवन जस्ता संरचनाहरूको निर्माणका लागि अन्तरिक्षमा इँटा बनाएको हो । अन्तरिक्ष इँटा बनाउनका लागि उनीहरूले प्रतिकृति माटो र युरियाको प्रयोग गरेका छन् । अन्तरिक्ष इँटाको उपयोग गर्दा मङ्गल ग्रहमा मानव बसोबासको सुविधा प्रदान गर्न सकिनेछ ।उल्लेखित अन्तरिक्ष इँटा बनाउनको विधि प्लस वान पत्रिकामा प्रकाशित एक अध्ययनमा समावेश गरिएको छ । सबैभन्दा पहिले मङ्गल ग्रहको माटोलाई ग्वार गम, स्पोरोसारसिना पेस्टुरी नामक ब्याक्टेरिया, युरिया, तथा निकेल क्लोराइड

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 168 पटक पढिएको
  • युक्रेनको मारिउपोल पुटिनको निसाना

    एजेन्सी / रुस–युक्रेन युद्धको बीचमा चर्चामा आएको मारिउपोल सहर अब पुटिनको सेनाको निशाना बनेको छ । पुटिनको निशाना बनेपछि मारियुपोललाई रुसले युक्रेनबाट मुक्त गरेको हो । मारिउपोलमा विशाल सामूहिक चिहानको तस्बिर सार्वजनिक भएसँगै रुसी सेनाले त्यहाँ करिब ९ हजार युक्रेनीलाई मारेर गाडेको समेत देखिएको छ । करिब २०० चिहानमा चार खण्डहरू भेटिएका छन् भने प्रत्येकको लम्बाइ लगभग ८५ मिटर रहेको छ । रुसका रक्षामन्त्रीका अनुसार पुटिनले मारियुपोलको ‘स्वतन्त्रता’प्रति खुशी व्यक्त गरेका छन् । रक्षा मन्त्रीले अजोभ्स्तल स्टील प्लान्ट बाहेक शहरको बाँकी भाग मस्कोको कब्जामा रहेको बताएका छन् ।युक्रेनी सेनाहरू हाल

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 181 पटक पढिएको
  • अफगानिस्तानमा विस्फोट : १६ को मृत्यु ५० घाइते

    एजेन्सी / अफगानिस्तानका दुई वटा शहरमा भएको शक्तिशाली बम विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ भने , ५० जना घाइते भएका छन् । बाल्ख प्रान्तको मजार-इ-शरीफमा रहेको एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको हो ।तालिवान सरकारका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले विष्फोटमा परी घाइते भएका ३२ जनाको अवस्था गम्भीर रहेको बताएका रोयटर्सले जनाएको छ । त्यस्तै अर्को शहर कुन्दुजमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने , १८ जना घाइते भएका छन् ।पछिल्लो बम आक्रमणको जिम्मा अफगानिस्तानको इस्लामिक स्टेट समूह (आईएसआईएस) ले लिएको खबरमा उल्लेख छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 171 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.