एजेन्सी / अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । 

काबुलको सुन्नी मस्जिदमा शुक्रबार बेलुका विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 

OM Sai Pathibhara Hospital

घाइतेहरूको काबुलको विभिन्न अस्पतालमा उपचार भइरहेको समाचार संस्था एएफपीले जनाएको छ । 

तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।