एजेन्सी / जापानको उत्तरी होकाइडो टापु नजिकै २६ जना सवार पर्यटक बोकेको डुङ्गा बेपत्ता भएको कोस्ट गार्डले जानकारी दिएका छन् । यसमध्ये २ जना बालबालिका र २ जना चालक दलका सदस्य रहेका थिए ।

स्थानीय समयअनुसार शनिबार १ बजेर १५ मिनेट जाँदा डुङ्गाले पानी पसेर समस्यामा परेको सन्देश पठाएको अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीका अनुसार डुङ्गामा सवार मध्ये चार जनालाई फेला पारेको र उनीहरूलाई उपचारलाई लगिएको छ ।
काजु वान नाम डुङ्गा शिरेटोको प्रायद्वीपमा ३ घण्टा लामो दृश्यावलोकनका लागि गएको बताइएको छ ।
यो क्षेत्र युनेस्कोको सम्पदाको सूचीमा रहेको छ । कोस्ट गार्डले उद्धारका लागि प्रहरी र सेना सहित स्थानीयहरू खटिएका छन् । स्थानीय समयअनुसार ३ बजे डुङ्गा डुब्न लागेको खबर प्राप्त भएको थियो ।

OM Sai Pathibhara Hospital