एजेन्सी / रुस–युक्रेन युद्धको बीचमा चर्चामा आएको मारिउपोल सहर अब पुटिनको सेनाको निशाना बनेको छ । पुटिनको निशाना बनेपछि मारियुपोललाई रुसले युक्रेनबाट मुक्त गरेको हो । 

मारिउपोलमा विशाल सामूहिक चिहानको तस्बिर सार्वजनिक भएसँगै रुसी सेनाले त्यहाँ करिब ९ हजार युक्रेनीलाई मारेर गाडेको समेत देखिएको छ । करिब २०० चिहानमा चार खण्डहरू भेटिएका छन् भने प्रत्येकको लम्बाइ लगभग ८५ मिटर रहेको छ । 

OM Sai Pathibhara Hospital

रुसका रक्षामन्त्रीका अनुसार पुटिनले मारियुपोलको ‘स्वतन्त्रता’प्रति खुशी व्यक्त गरेका छन् । रक्षा मन्त्रीले अजोभ्स्तल स्टील प्लान्ट बाहेक शहरको बाँकी भाग मस्कोको कब्जामा रहेको बताएका छन् ।

युक्रेनी सेनाहरू हाल स्टिल प्लान्टमा रहेका छन् । पुटिनलाई युद्धमा सघाउने चेचेन विद्रोही रमजान कादिरोभका मानिसहरूले पनि मारियुपोललाई ध्वस्त पार्ने विशेष अभियान पूरा भएको बताएका छन् ।

मारिउपोलबाट सर्वसाधारणलाई जापोरिज्जिया (युक्रेनको सहर) समेत पठाएको पाइएको छ ।