एजेन्सी / अफगानिस्तानका दुई वटा शहरमा भएको शक्तिशाली बम विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ भने , ५० जना घाइते भएका छन् । बाल्ख प्रान्तको मजार-इ-शरीफमा रहेको एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको हो ।

तालिवान सरकारका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले विष्फोटमा परी घाइते भएका ३२ जनाको अवस्था गम्भीर रहेको बताएका रोयटर्सले जनाएको छ । त्यस्तै अर्को शहर कुन्दुजमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने , १८ जना घाइते भएका छन् ।

OM Sai Pathibhara Hospital

पछिल्लो बम आक्रमणको जिम्मा अफगानिस्तानको इस्लामिक स्टेट समूह (आईएसआईएस) ले लिएको खबरमा उल्लेख छ ।