एजेन्सी / विश्व कै ठूला उद्यमी एवम् ठूला धनाड्यको सूचीमा रहेका एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेका छन् । टेस्ला मोटर्सका प्रमुख कार्यकारी अधिकृत रहेका एलन मस्कले ४४ बिलियन डलरमा ट्विटर कम्पनी किनेका हुन् ।

केही दिन अगाडि ट्विटरको ९ प्रतिशत सेयर किनेका एलनले भने अहिले ट्विटरको सबै सेयर किनेका छन् । उनले ट्विटर कम्पनी ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेका छन् ।

OM Sai Pathibhara Hospital

ट्विटरको सबै सेयर होल्डर्सलाई क्यासमा आकर्षक प्रिमियम प्राप्त हुने भएपछि एलनलाई सेयर बेचेको ट्विटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले बताएका छन् । 

एलन मस्कले पनि धेरै समसामयिक विषयमा बहस गर्ने माध्यम बनेको ट्विटरमा क्षमता रहेको भन्दै त्यहाँ काम गर्न आफू इच्छुक रहेको बताएका छन् । ट्विटरमा अझै धेरै सुविधाहरू थपेर पहिले भन्दा पनि राम्रो र उत्कृष्ट बनाउने उनको योजना हो ।