एजेन्सी / विश्व कै ठूला उद्यमी एवम् ठूला धनाड्यको सूचीमा रहेका एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेसँगै उनले कोकाकोला समेत खरिद गर्ने बताएका छन् । 

टेस्ला मोटर्सका प्रमुख कार्यकारी अधिकृत रहेका एलन मस्कले ४४ बिलियन डलरमा खरिद गरेको ट्विटरमै कोकाकोला खरिद गर्ने भन्दै ट्विट लेखेका हुन् ।

OM Sai Pathibhara Hospital

उनले कोकाकोला खरिद गरेपछि त्यसमा कोकिन हाल्ने समेत बताएका छन् । 

मस्कले अर्को एउटा अघिल्लो ट्विटको स्क्रिनसट गर्दै भनका छन्, म अब म्याकडोनाल्ड खरिद गर्नेछु र सबै आइसक्रिम मेसिन ठीक गर्नेछु,’