एजेन्सी / रुस र युक्रेनबीचको युद्धले विश्वभर खाद्य संकट बढ्दै गएको अवस्था छ ।  युद्धका कारण गहुँ, मकै, तोरी जस्ता अन्नहरूको सबैभन्दा संकट परेका छन् ।

खाद्य संकट समस्या उत्पन्न भएको बेला खाद्य पदार्थको मूल्यमा व्यापक वृद्धि भइरहेको छ । विश्वका कतिपय देशहरूमा यसको असर परेको छ । यसकारण कतिपय देशहरूको ध्यान भारततर्फ जान थालेको छ । उनीहरु भारतबाट गहुँलगायतका खाद्यान्न आयातको पहल गरिरहेका छन् । इजिप्टले भारतबाट खाद्यान्न आपूर्ति गर्न प्रक्रिया थालिसकेको छ ।

OM Sai Pathibhara Hospital

यसैगरी, विश्व व्यापार संगठनको सम्मेलनमा भारतका खाद्य तथा आपूर्ति मन्त्रालयका अधिकारी एस जगन्नाथले जोखिममा रहेका आफ्ना नागरिकलाई आफूहरूले खाद्यान्न उपलब्ध गराउन सकेको बताएका छन् । उनले भारतमा जोखिममा रहेका नागरिकका लागि कसरी खाद्यान्न उपलब्ध गराइएको छ भन्ने समेत खुलाएका छन् ।

प्रधानमन्त्री करिब कल्याण अन्न योजनाले ८० करोड नागरिक लाभान्वित भइरहेको बताए । भारतले २२ अर्ब डलर खाद्यान्नमा अनुदान दिइरहेको र थप ४५ अर्ब डलर अनुदान रकम सुरु गरेको जनाए । भारतको यो अभ्यासले नागरिकहरूलाई भोको रहन नदिने वातावरण विकास गरेको छ ।

विश्वमा खाद्य उत्पादनमा अगाडि रहेका मुलुकहरूमध्ये भारत पर्दछ । त्यहाँ धान, गहुँ, मकै, दाललगायतका अन्न अत्याधिक उत्पादन हुने गरेको छ ।