एजेन्सी / भारतीय विज्ञान संस्था तथा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले अन्तरिक्ष इँटा तयार गरेका छन् । भारतको बैंगलोर स्थित विज्ञान संस्थामा मङ्गल ग्रहमा भवन जस्ता संरचनाहरूको निर्माणका लागि अन्तरिक्षमा इँटा बनाएको हो । 

अन्तरिक्ष इँटा बनाउनका लागि उनीहरूले प्रतिकृति माटो र युरियाको प्रयोग गरेका छन् । अन्तरिक्ष इँटाको उपयोग गर्दा मङ्गल ग्रहमा मानव बसोबासको सुविधा प्रदान गर्न सकिनेछ ।

OM Sai Pathibhara Hospital

उल्लेखित अन्तरिक्ष इँटा बनाउनको विधि प्लस वान पत्रिकामा प्रकाशित एक अध्ययनमा समावेश गरिएको छ । सबैभन्दा पहिले मङ्गल ग्रहको माटोलाई ग्वार गम, स्पोरोसारसिना पेस्टुरी नामक ब्याक्टेरिया, युरिया, तथा निकेल क्लोराइडसँग मिलाएर एक घोल बनाइन्छ । 

उक्त घोललाई कुनैपनि आकारको साँचामो हाल्न सकिन्छ र केही दिनमा ब्याक्टेरियाले युरियालाई क्याल्सियम कार्बोनेटमा परिवर्तन गरिदिनेछन् । उक्त क्रिस्टलले ब्याक्टेरियाले उत्सर्जन गरको बायो पोलिमरसँगै माटोको कणलाई बाँधेर राखिदिने छन् ।