काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनका क्रममा काँग्रेस र एमालेले एक अर्काको घर जलाएको आरोप लगाएका छन् ।

उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै जेनजी आन्दोलनका क्रममा आन्दोलनमा एमाले काँग्रेसले एक अर्काको घर जलाएको आरोप लगाउँदै दोष बच्चालाई लगाएको भन्दै आक्रोश पोखेका हुन्।Screenshot_2025_1022_195703

उनले तुइन र काठको पुल बनाउने नेताहरूले यो देश विदेशीले बिगार्‍यो भन्न नसुहाउने टिप्पणी गरेका छन् ।

साथै उनले भिसा पाउन नेताको घर धाउन पर्ने बताउँदै अरूलाई एजेन्ट भनेको रोष पोखेका छन् । उनले आफूलाई लुसिफर भन्नेलाई पनि कडा जवाफ दिएका छन् ।  चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौँ भन्दै उनले नेताहरूलाई प्रश्न समेत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्, यो देश विदेशीले बिगार्‍यो। भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ, अरूलाई एजेन्ट भन्छौ। आन्दोलनमा पुरै देश एमालेले काङ्ग्रेसको जलाउँछ, काङ्ग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल–बच्चालाई दिन्छौ। चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ। लाज लाग्दैन ? ’