काठमाडौं । इजरायलको राष्ट्रपति कार्यालयले अमेरिकी राष्ट्रपति ट्रम्पलाई देशको सबैभन्दा ठूलो नागरिक पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। हमासले बन्धक बनाएका ४८ जनाको मुक्तिका लागि ट्रम्पले निर्वाह गरेको भूमिकाका लागि उनलाई सम्मानित गर्न लागिएको हो। 

इजरेली राष्ट्रपति आइज्याक हर्सोगले संसद्‌मा हुने भेटमा ट्रम्पलाई त्यसबारे औपचारिक जानकारी दिनेछन्। यद्यपि उक्त पदक अहिले नभइ पछि दिइनेछ।

इजरेल जानुअघि ट्रम्पले नेतन्याहूसँग आफ्नो निकै राम्रो सम्बन्ध भएको बताएका थिए। नेतन्याहूलाई युद्धकालीन राष्ट्रपतिको सङ्ज्ञा दिँदै ट्रम्पले भने, उनले निकै राम्रो काम गरे। उनीसँग मेरो केही मतभेद पनि रह्यो तर त्यो चाँडै सुल्झियो।

हमासले सात इजरायली बन्धकहरूलाई रिहा गरेको छ। इजरायली सेनाले सबै सातजना इजरायल प्रवेश गरेको रिपोर्ट गरेको छ। सबै बन्धकहरूलाई दक्षिणी इजरायलमा स्वागत गरिनेछ जहाँ उनीहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराईने छ।

इजरेलबाट उनी इजिप्ट प्रस्थान गर्ने छन्। त्यहाँ उनले मध्यपूर्वमा शान्ति स्थापना गर्नेसम्बन्धी शिखर सम्मेलन आयोजना गर्नेछन्। उक्त सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरसहितका विश्वनेताहरू सहभागी हुने छन्।