विदेश

    Showing 1,181-1,190 of 2,133 items.
  • भारतको खुद्रा मुद्रास्फीति ३.५४ प्रतिशतमा घट्यो

    काठमाडौं— भारतको खुद्रा मुद्रास्फीति जुलाईमा ३.५४ प्रतिशतमा घटेको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाईमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ३ दशमलव ५४ प्रतिशत रहेको छ । जुनमा सीपीआई ५.०८ प्रतिशत थियो । खाद्य मुद्रास्फीति जुनमा ९.३६ प्रतिशतको तुलनामा जुलाईमा ५.४२ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । अधिकारीहरूका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) को फिल्ड अपरेसन डिभिजनका फिल्ड कर्मचारीहरूले व्यक्तिगत भ्रमणहरूमार्फत सबै राज्यहरू समेट्ने १ हजार ११४ शहरी बजारहरू र १ हजार १८१ गाउँहरूबाट मूल्य तथ्या

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 426 पटक पढिएको
  • अमेरिकाले भन्यो : हसिनालाई हामीले हटाएको भनेर भ्रम फैलाइयो

    काठमाडौं- अमेरिकाले बंगलादेशमा शेख हसिना सत्ताबाट बाहिरिनुमा आफ्नो भूमिका रहेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ । अमेरिकाले यसलाई अफवाह मात्र भनेको छ ।ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भनिन्, “यसमा हाम्रो कुनै संलग्नता छैन । हालैका घटनाहरू (बंगलादेशमा सत्ता परिवर्तन) मा अमेरिकी सरकारको हात रहेको कुनै पनि रिपोर्ट गलत हो ।”उनले थप भनिन्, “यो विकल्प बंगलादेशका नागरिकहरूले आफैंले रोजेका हुन् । बंगलादेशका जनताले त्यहाँको सरकारको भविष्य निर्धारण गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ ।”त्यसपछि सेनाले अन्तरिम सरकार गठनको घोषणा गरेको थियो । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरक

    • प्रकाशित मितिः साउन २९, २०८१
    • 447 पटक पढिएको
  • स्कूलमा भएको बमबारीको निन्दा

    एजेन्सी— इजिप्टले पूर्वीगाजा शहरको अल–दराज छिमेकमा विस्थापित प्यालेस्टाइनीहरूलाई बस्ने अल–ताबाइन स्कुलमा इजरायली बमबारीको निन्दा गरेको छ । शनिबार बिहान सबेरै भएको यो आक्रमणमा एक सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । इजिप्टको विदेश मन्त्रालयले गाजा स्ट्रिपमा प्यालेस्टाइनी नागरिकहरूमाथि इजरायली आक्रमणहरू अन्तर्राष्ट्रिय र मानवीय कानुनहरूको अभूतपूर्व उपेक्षालाई प्रतिनिधित्व गर्ने घोषणा गरेको छ । प्यालेस्टिनीहरूको रक्षा गर्न र सुरक्षाविहीन नागरिकहरूलाई लक्षित गरी बन्द गर्न एक एकीकृत र प्रभावकारी अन्तर्राष्ट्रिय प्रतिक्रियाको लागि आह्वान गरिएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 407 पटक पढिएको
  • युक्रेनी राष्ट्रपतिद्धारा रुसमाथि आक्रमण गरेको स्वीकार, तनाव बढ्दै

    काठमाडौं–युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको पहिलो पटक औपचारिक रूपमा स्वीकार गरेका छन् । शनिबार राति दिएको भाषणमा उनले युक्रेनी सेनाले युद्धलाई रुसी भूमिमा धकेलि रहेको बताए ।युक्रेनले यो लडाँई सुरु गरेको पाँच दिनपछि यो घोषणा आएको हो । यस आक्रमणले रुसलाई स्तब्ध पारेको छ । सीमा क्षेत्रमा बसोबास गर्ने ठूलो संख्यामा मानिसहरूलाई अन्यत्र सारिएको छ । आइतबार बिहान युक्रेनको किभ र सुमी क्षेत्रमा विस्फोटका घटनाहरू भएका खबरहरू आएका छन् ।राष्ट्रपति जेलेन्स्कीले आफ्ना सैनिकहरूलाई धन्यवाद दिँदै रुसी भूमिमा भइरहेको कारबाहीका बारेमा वरिष्ठ सैन्य कमाण्डर

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 640 पटक पढिएको
  • विद्यालयमा इजरायलको आक्रमण : सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु

    काठमाडौं–हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिबार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सयभन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएको छ।अल–ताबाइन विद्यालयले बिहानको प्रार्थना गरिरहेका धेरै विस्थापित मानिसहरूलाई आश्रय दिएको थियो। आक्रमणको बेला विद्यालयमा ठूलो संख्यामा हताहत भएको र इजरायली लडाकु विमानहरूले गाजा सहरको पूर्वमा रहेको विद्यालयमा तीन वटा रकेटसहित बमवारि गरेको बताइएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको वाफाले जनाएको छ।हमासले यस हत्याको निन्दा गर्दै इजरायल र अमेरिकी प्रशासनलाई यस हमलाको लागि पूर्ण रूपमा जिम्मेवार ठहराए

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 758 पटक पढिएको
  • भारतका पूर्व परराष्ट्रमन्त्री सिंहको निधन

    काठमाडौं–भारतका पूर्व परराष्ट्रमन्त्री नटवर सिंहको निधन भएको छ । शनिबार राति ९३ वर्षको उमेरमा उनले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिएका हुन् । लामो समयदेखि बिरामी सिंह विगत केही हप्तादेखि अस्पतालमा भर्ना भएका थिए ।नटवर सिंह सन् २००४–०५ को अवधिमा भारतका परराष्ट्रमन्त्रीको रूपमा कार्यरत थिए, जब मनमोहन सिंह प्रधानमन्त्री थिए । उनले पाकिस्तानका लागि राजदूतको रूपमा पनि काम गरेका थिए । सन् १९६६ देखि १९७१ सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको कार्यालयमा पनि उनी सहभागि भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले नटवर सिंहको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै भनेका छन्, ‘नटवर सिंहको न

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 575 पटक पढिएको
  • धुवाँको मुस्लोसँगै खस्यो ६२ यात्रु सवार विमान, सबै यात्रुको मृत्यु

    काठमाडौं—ब्राजिलको साओ पाउलो राज्यमा ६१ यात्रु सवार एक विमान दुर्घटना भएको छ। विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ।भीओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो। तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएको हो।सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ। दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ। प्रारम्भिक जानकारी अनुसार, वि

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 731 पटक पढिएको
  • शेख हसिनाविरुद्ध आन्दोलित दुई विद्यार्थी बंगलादेशमा मन्त्री

    काठमाडौँ-  शेख हसिनाविरुद्ध आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता बंगलादेशको नवगठित अन्तरिम सरकारमा मन्त्री बनेका छन्। हसिनालाई सत्ताच्युत गरी देश छोड्न बाध्य पारेको आन्दोलनको अगुवाइ गरेका नाहिद इस्लाम सूचना प्रविधि तथा दूरसञ्चारमन्त्री र असिफ महमुद युवा तथा खेलकुदमन्त्री बनेका बंगलादेशी मिडिया ढाका ट्रिब्युनले लेखेको छ ।नाहिद आरक्षण सुधार आन्दोलनका मुख्य नेतामध्ये एक थिए । यो आन्दोलन पछि शेख हसिनाको सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो । सन् १९९८ मा ढाकामा जन्मेका नहिद ढाका विश्वविद्यालयमा सन् २०१६ देखि समाजशास्त्र अध्ययनरत छात्र हुन् । आसिफ विभेदविरुद्ध विद्यार्थी आन्दोलनका

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 693 पटक पढिएको
  • नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार, दुई विद्यार्थीसहित १६ जना सहभागी

    काठमाडौं–नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ। उहाँलाई मुख्य सल्लाहकारको रूपमा नियुक्त गरिएको छ, जुन पदलाई प्रधानमन्त्री बराबरको मानिन्छ।युनुसको प्रमुख कार्य देशमा शान्ति पुनर्स्थापना गर्ने र हप्ताँैदेखि जारी हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ। विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले पूर्व प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासनलाई चुनौती दिएको थियो। विद्यार्थीहरूले आरक्षण प्रणाली लगायतका विषयमा असन्तुष्टि जनाएका थिए।एक भव्य समारोहमा युनुसलाई राष्ट्रपति मोहम्मद शाहबुद्दिनले सपथ गराएका थिए। यस समारोहमा विभिन्

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 489 पटक पढिएको
  • यस्ता कारण देखाउँदै शेख हसिनालाई बेलायतले शरण दिएन्

    काठमाडौं–आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन भएकी बङ्गलादेशकी निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदलाई बेलायतले शरण नदिने भएको छ । हसिनाले बेलायतमा शरणको लागि अपिल गरे पनि बेलायत सरकारले अस्विकार गर्दै अन्यत्र विकल्प खोज्न सुझाएको हो । बेलायतको विदेश मन्त्रालयले बङ्गलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार हसिना रहेको दाबी गर्दै आगामी अनुसन्धानको कारणले बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता डेभिड लाम्मीका अनुसार, बेलायत सरकार बङ्गलादेशमा स्वतन्त्र र निष्पक्ष छानबिनको पक्षमा रहेको छ ।विद्यार्थीको उग्र प्रदर्शनपछि सोमबार राजीनामा दिएर

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 741 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.