काठमाडौं— भारतको खुद्रा मुद्रास्फीति जुलाईमा ३.५४ प्रतिशतमा घटेको छ । 

सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाईमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ३ दशमलव ५४ प्रतिशत रहेको छ । जुनमा सीपीआई ५.०८ प्रतिशत थियो । 

OM Sai Pathibhara Hospital

खाद्य मुद्रास्फीति जुनमा ९.३६ प्रतिशतको तुलनामा जुलाईमा ५.४२ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । 

अधिकारीहरूका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) को फिल्ड अपरेसन डिभिजनका फिल्ड कर्मचारीहरूले व्यक्तिगत भ्रमणहरूमार्फत सबै राज्यहरू समेट्ने १ हजार ११४ शहरी बजारहरू र १ हजार १८१ गाउँहरूबाट मूल्य तथ्याङ्कहरू सङ्कलन गरिएको छ ।